×

TUNGOON

कपिलवस्तुबाट काठमाडौं आएका ६ वर्षीया बालिकामा कोरोना


१ जेठ, काठमाडौं । कपिलवस्तुबाट ६ दिन अगाडि काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा उपचार गर्न काठमाडौं आएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ ।

कपिलवस्तुबाट उपचार गर्न ल्याइएकी ६ वर्षीया बालिकामा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले कोरोना संक्रमण भएको पुष्टि गरे । कोरोना पुष्टि भएपछि टिचिङ अस्पतालमा ती बालिका उपचाररत न्यूरो वार्ड सिल गर्ने तयारी गरिएको छ ।
टिचिङ अस्पतालका निर्देशक डा. प्रेमबहादुर खड्गाले यसबारे अन्य जानकारी बैठक पश्चातमात्रै सार्वजनिक गर्ने बताए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला