Spread the love
  • 33
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

हरेक मानिसको सफल बन्ने सपना हुन्छ ।तर कसरी भन्ने धेरैलाई थाहा हुँदैन ।सफल बन्न ठुलै काममा हात हाल्नुपर्छ भन्ने होइन ,सानो कामबाट पनि सफल बन्न सकिन्छ।विश्वका प्राय:सफल व्यावसायीले सानो क्षेत्रबाटै कामको सुरुवात गरेका थिए ।तीमध्ये एक स्टिब जव्सले सफल हुने केहि टिप्स दिएका छन् ।

समय:- तपाईंसंग निशिचत समय छ,जो तपाईं आफनै लागि सदुपयोग गर्नोस् ।अनावश्यक कुरामा अल्झिएर समय बर्बाद नगर्नुहोस्।

नयाँ सोच:-यदि तपाईं कुनै राम्रो गर्न चाहनुहुन्छ भने त्यसको नतिजा पनि राम्रो हुनु पर्छ।त्यसैले यसका लागि तपाईंले केही नयाँ सोच्नुपर्छ ।तपाईं कहिलेसम्म एकैखाले काम गरिरहनुहुन्छ?सोच्नुहोस,अब तपाईंको लागि अलग काम के छ ? कि गरिआएको काम नै ठिक छ?

विस्वास:- तपाईंले कुनै पनि कुरामा विशबाँस गर्नुपर्छ।आफ्नो साहस,संभावना ,भाग्य,जीवन,उर्जा वा कर्म जसमा पनि विस्वास गर्नुहोस् ।यो दृष्टिकोणले तपाईंको कहिल्यै पछि पार्नेछैन ।

कामको अर्थ:-प्रत्येक दिन बेलुका बेड्मा जानुअघि सोच्नुस, आज मैले दिनभर के गरे?त्यसैले मेरो जीवनमा के महत्त्व राख्छ ।जीवनमा अर्थ राख्ने काम हामीले प्रत्येक दिन गर्नुपर्छ।

नडगमगाउनुहोस: कहिलेकाही जिन्दगीमा नराम्रो परिणाम पनि आउन सक्छ।जतिसुकै कठिन परिस्थिति आए पनि डगमगाउनु हुँदैन ।आफ्नो लक्ष्य ,सपनाको बाटोमा सधै अघि बढिरहनु पर्छ ।
राय नलाद्नुस:-अरुको विचारलाई आफुमाथी हावी हुन नदिनुहोस ।जब कि अरुको विचार सुनेर आफ्नो भित्री आवाज सुन्न नसकियोस।सधै आफ्नो दिल र दिमागले चल्नु होस।

सफा सोच:-स्वच्छ सोच राखियो भने काम सफल हुन्छ।धेरै मिहिनेत गरियो भने सोच पनि स्वच्छ बन्छ।सफा सोच बन्यो भने जतिसुकै कठिन काम पनि सजिलै गर्न सकिन्छ ।