×

TUNGOON

सकारात्मक सोच कसरी लिने र फाईदा के के हुन्छ ?


एकजना मान्छेको जग्गामा कसैले बम हानेर ठुलै खाल्डो बनाउछ । यस्तो अवस्थामा जग्गाधनीले आफनो सारा ध्यान जग्गाको खाल्डो पुर्नमा लगाउछ । भए अभएको पैसा खर्छ गरि खाल्डो पुर्छ ।यसरी आफ्नो जग्गा पहिले जस्तै बनाउन त उ सफल हुन्छ तर त्यसबाट उसलाई घाटा बाहेक अरु केही हुदैन । तनाव झेल्नु,खर्च गर्नु, समयको बर्बाद गर्नु उसको नियती बन्छ।यति सबैको परिणाम जग्गा समथर बन्नु हो।सुधार हुने होइन ,बढ्ने होइन किनभने उसले पुरानै परिपाटीमा समाधान खोजेको हो । अब सोच बदलेर हेरौं । उहीँ घटना हुन्छ । कसैले बम हान्छ र जग्गामा ठुलै खाल्डो बनाइदिन्छ । जग्गा धनीले नयाँ शैलीमा सोच्दछ। यसको सन्देश के हो ? यसको उपयोगीता के हुन सक्छ ? लामो समय सोचे पछि उसले हातमा कलम लिन्छ र कापीमा बुदावार सम्भावित फाइदाहरु लेख्दै जान्छ । उसले ठम्याउछ,जग्गाको खाल्डो पुर्नु भन्दा माछा पाल्ने पोखरी बनाउदा फाइदा हुन्छ किनभने यस्तो खाल्डो आफैले खन्नु परेको भए समय र पैसा निकै लाग्थ्यो । ती कुरा त चोखै बचेका छन् ।

हामीले सधैं समस्यालाइ झन समस्यामा रुपान्तरण गर्ने होइन त्यसको औचित्यलाई निर्धारण गर्नु पर्दछ।उहीँ समस्यालाई एकले सकारात्मक तरिकाले समाधान गरियो भने अर्कोले झन समस्या माथी झन समस्या थपियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला