×

TUNGOON

प्युटारमा ४९० परिवारलाई कृषि बीउ विजन वितरण गर्दै


ललितपुर,बागमती गाउँपालिका वडा नम्बर ४ प्युटारमा जेष्ठ ६ गते मंगलबारका दिन आफ्ना वडाबासीलाई कृषि बिउबिजन वितरण गरेको छ। आफ्ना वडा भित्र रहेका किसानहरुलाई कृषि बिउबिजन वितरण गरेका हुन्।अाफ्नो वडा भित्रका ४९० किसान परिवारलाई काँक्रो, फर्सी, खुर्सानी,धान, काउली, बन्दा, सिमी, मुला, तितेकरेला घिरौंला लगायतका बिउबिजन वितरण गरेको हो।
https://tungoon.com/wp-content/uploads/2020/05/inbound3390310812178737262.jpg
वडा सचिव रोमा जीम्बा स्थानीय जन प्रतिनिधिहरु रामकुमार थिङ तामाङ लगायतको सहभागी मा सामाजिक सुरक्षा भत्ता- जेष्ठ नागरिक भत्ता, अपाङ्ग भत्ता, एकल महिला भत्ता, एकल पुरुष भत्ता बितरन गरिएको हो
विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल सरकारले गरेको लकडाउनको पालना गर्दै घरमै बसेका किसानलाई फाईदा पुगोस् भन्ने हेतुले विउविजन वितरण गरिएको वडा अध्यक्ष नारायण बहादुर घलेले जानकारी दिए।यो समय किसानहरुले नयाँ बिउबिजन रोप्ने समय हो। प्रतिपरिवारलाई र ८ सय देखि ९ सय सम्मको बीउ उपलब्ध गराउने हुँदा विउविजन खरिदमा ५ लाख जति खर्च हुने अध्यक्ष घलेले बताए।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला