×

TUNGOON

देशभर १ लाख १० हजार ५सय ६६ जनाको कोरोना परिक्षण


देशभर १ लाख १० हजार ५ सय ६६ जनाको कोरोना परिक्षण भइसकेको छ । ती मध्ये आरडिटी परिक्षणबाट ७५०७२ जना र पिसीआर परिक्षणबाट ३५४९४ जना गरिसकेका छन् । देशको ७७ जिल्ला मध्ये ३८ जिल्लामा कोरोण संक्रमित भेटिए।स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार कोभिड-१९ का पुष्टि भएकाहरुको देशभर जम्मा संख्या ४ सय ४४ जना संक्रमित पुगेको छ भने कोरोना संक्रमितबाट सफल उपचार गरेर घर फर्किनेको संख्या ४५ जना रहेको छ। वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ,धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला,विराटनगरमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टि भएको १७ जना छ भने हाल सम्म प्राप्त विवरण अनुसार उहाँहरूको स्वास्थ्य अवस्था सामान्य रहेको डा.समिरकुमार अधिकारीले बताउनु भयो।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला