×

TUNGOON

तेस्रो कोरोना संक्रमितको मृत्यु


तेस्रो कोरोना (संक्रमितको मृत्यु)
नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ ।
रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो । भेन्टिलेटरमा उपचार भइरहेका उनको आज बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको क्रिमशन अस्पतालले जनाएको छ । मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ बर्षका पुरुष रहेका छन् । उनको शव व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ । अहिले मृतकका आफन्त अस्पतालमा जम्मा भएका छन् । शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए । उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण उनलाई मंगलबार बुटवलको बिशेष कोरोना अस्पताल सार्न सकिएको थिएन । बिरामी सार्ने प्रक्रियामा जोखिम हुनसक्ने भन्दै प्रदेश सरकारका अधिकारीहरुले क्रिमशन अस्पताल प्रशासनलाई अनुरोध गरेपछि उनको त्यही नै उपचार भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला