×

TUNGOON

ललितपुर पनि अमेरिकन फौजी भेटियो



प्रकाश थिङ ललितपुर १२ गते सोमबार २०७७
ललितपुर जिल्ला वागमती गाँउपालिका वडा नं ४ प्युटार र वडा नं ६ आश्राङमा अमेरीकन फौजी कीराको प्रकोप देखिन थालेको छ । कीसानले लगाइएको मकैमा यस कीराले क्षति गरेको पाइएको छ । यो कीरा बालीका लागि निकै हानिकारक हुने गरेको छ । बालीमा क्षति पुर्‍याउने कीराको लार्भाले हो । फौजी कीराको लार्भा धेरै खन्चुवा हुन्छ । मकैको पात, गुभो, जुँगा र घोगा समेत खाइदिन्छ ।यसको व्यवस्थापन गर्न एकल प्रयासले संभव छैन । खेतवारीको नियमित अवलोकन गर्दै सामुहिक रुपमा लाग्नुपर्ने देखिन्छ व्यवस्थापनर लागि रातको समयमा मकै बारीमा पात पतिङ्गर जम्मा गरेर आगो वाल्नाले त्यसका पुतली आगोमा आकर्षित भएर मर्छन् ।विषादी प्रयोग गर्दा सुरक्षित मानिएका स्पाइनोस्याड ०.३ एम एल प्रति लिटर पानीमा मिसाइ छर्ने वा स्पाइनेटोराम/ डेलिगेड ०.४ एम एल प्रति लिटर पानीमा मिसाइ छर्ने वा क्लोरएन्ट्रानिलीप्रोल वा अल्कोरा / कोराजीन ०.४ एम एल प्रति लिटर पानीमा मिसाइ छर्ने वा इमामेक्टिन बेन्जोइड ०.४ ग्राम प्रति लिटर पानीमा मिसाइ छर्दा प्रभावकारी रुपमा नियन्त्रण भइको छ ।
गाँउपालिकाले कृषककै खेत बारीमा गएर यो कीराको व्यवस्थापन गर्न तयारी भइरहेको जानकारी बागमती कृषि विकास शाखा अधिकृत सुवास खनालले बताएका छन।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला