Spread the love
  • 104
  •  
  •  
  •  
  •  
  •  
    104
    Shares

संजीव, ललितपुर

लक डाउन को समयमा गोदावरी नगरपालिका,कोन्ज्योसोम गाउपालिका,महाकाल गाउपालिका र बाग्मती गाउपालिका भित्र धमाधम कुनै ठाउँमा मल ओसार्ने, मकै छर्ने, मकै गोड्ने, असारे रोपाइँको लागि बीउ राख्ने, गहुँ काट्ने अनि धान रोप्न तयारीको लागि खेतमा छेउभिता गर्दैछन् यतिखेर।

“ बर्षौ पछि गाउँमा मल ओसार्ने, मकै छर्ने, गोड्ने, करेसाबारीमा काम गरेकोले यसपाली त अन्नपात धेरै फाल्ने र फुल्ने आशा गरेका छन् । गोदावरी नगरपालिका वडा नम्बर ७का रोज ढिम्ढुङ तामाङ ।”

त्यसै गरि बाग्मती गाउँ पालिका वडा नम्बर ४ का स्थानीय युवा लोक बहादुर ब्लोन तामाङ बताउनु हुन्छ “यो लकडाउन भन्दा अगाडि फुर्सद एक छिन पनि थिएन ।बिहान ४:३० बजे देखि बेलुकी ९ बजे सम्म बेस्ता थिए । परिवारको लागि, साथीभाइ, आफन्त अनि ३०किलोमीटर नजिक रहेको घरमा समेत जान कि दशै कि तिहार आउनु पर्थ्यो । काम काम भन्दा भन्दै बोझ हुन्थे जे होस अहिले रेफ्रेस गर्न र परिवार संग मस्ता समय बिताउन पाएको छु ।”

कोन्ज्योसोम गाउँपालिकाकी अनिसा ढिम्डुङ तामाङ बताउनु हुन्छ । “यो लकडाउनको समयमा त बर्सौ देखि रहेको बाझो जमिनमा बोट बिरुवा रोप्ने, खानजोत गर्ने, तरकारी लगाउने र बुबाआमालाई हेरचाह गर्नाको साथै मज्जाले परिवारको साथ बास्न पाए ।”