×

TUNGOON

श्री देबि माध्यमिक बिद्यालयमा २० जनाको क्वारेन्टाइन बनाउने ।


संजिव सिं तामाङ
ललितपुर जिल्लाको गोदवरी नगरपालिकाल वडा नम्बर ७ मा जेष्ठ २१ गते बुधबार बसेको नगरपालिका बैठकले कम्तीमा २० जना मानिस बस्न सक्ने व्यबस्थित क्वारेन्टाइन बनाउने निर्णय गरेको अध्यक्ष गिरी प्रसाद तिमल्सिनाले जानकारी दिए । अरुको ब्यस्त नहुन्जेलसम्म श्री देबि माध्यमिक विद्यालयमा वडाले निर्णय गरेर ठाउँ तोकिएको बताइएको छ । हालै सरकारले बिदेशमा कठिन अवस्थामा रहेका नेपालीलाई प्राथमिकताका साथ स्वदेश ल्याउने निर्णय गरेको छ ।
नगरपालिकाले आफ्नो नगरपालिकाबाट बिदेश गएकाहरुको तथ्याङ्क संकलन गर्दा यस वडामा १५० जना विदेशमा रहेको जानकारी दिएका छन् अध्यक्ष गिरिप्रसादले ।विदेशबाट फर्केर आउनेहरुलाई लक्षित गरि क्वारेन्टाइन बनाउने निर्णय गरेको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला