×

TUNGOON

सफलताको मन्त्र मध्ये त्याग पनि एक हो!


by Sanjeev//// एकदिन भगवान गौतम बुद्ध आफ्नो तपस्याबाट थकित भएर बीचमै तपस्या त्यागेर घर फर्किरहेका थिए।बाटोमा बरपिपलको एउटा अत्यन्तै शितल छहारी भेट्टाएर त्यहाँ आराम गर्ने निर्णय गरे।त्यहाँ खानेपानीको कुवा पनि थियोे ।बुद्धले पानी खाएर एकछिन बसेरका मात्र के थिए,उनले एउटा सुन्दर तलाउ देखे।त्यो तलाउमा एउटा लोखर्केले आफ्नो पुच्छरले पानी चोपाल्दै बाहिर फ्याकेको अचम्मको दृश्य देखे।बुद्धलाई लोखर्के संग त्यसबारे बुझ्ने उत्सुकता पैदा भयो र उनी नजिकै गएर सोधे – ” हे लोखर्के तिमीले यो के गरिरहेको?” लोखर्केको जवाफ आयो ‘यो तलाउले मेरा बच्चाहरु डुबाएको हुनाले म यो तलाउलाइ सुकाउन चाहन्छु ।’ यति जवाफ आएपछि फेरि बुद्धलाई कौतुहल्ता बढ्यो,अनि भने तिमी साधनविना जब तिम्रो पुच्छरले कहिले यो तलाउ सुकाउन सक्छौं ?’ बुद्धको यस्तो कुरा सुनेपछी लोखर्केले भन्यो, “मैले तलाउ सुकाउन सक्छु,सक्दिन त्यो अलग कुरा हो तर म आफ्नो निर्णयप्रती प्रतिबद्ध छु।’एक दिन अवश्य म तलाउलाइ सुकाउनेछु।लोखर्केको यस्तो जवाफ पाएपछी गौतम बुद्ध घर नफर्की छोडेर आएको तपस्यातिर नै फर्किए। जित्नु वा सफलता पाउनु त्यागबाट मात्र सम्भव छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला