राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) बीचको एकतापछि गठन भएको जनता समाजवादी पार्टी ९जसपा० ले निर्वाचन आयोगबाट राष्ट्रिय दलको मान्यता पाएको छ।२०७७ वैशख १० सैद्धान्तिक एकीकरणको घोषणा पछि पार्टीले निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।जानकारी गराएको ४५ दिनभित्र निर्वाचन आयोगलाई पार्टी एकीकरणबारे दस्तावेजहरु बुझाउनु पर्ने हुन्छ।सोहि अनुसार पार्टीले ४५ औं दिनका दिन शनिवार परेका हुनाले २०७७ वैशाख २५ गतेका दिन सोमवार निर्वाचन आयोगमा दस्तावेज बुझाएको छ। पार्टीका भित्रका तीन शिर्ष नेताहरु महन्थ ठाकुर, डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच आइतबार भएको छलफलबाट नेतृत्व र वरियताका विषयमा टुंगो लगाइएको थियो।तर अझै पनि पार्टिभित्र नेतृत्वको विषयमा तिव्र विवाद सुरु भएको छ। यस पार्टी भित्र अब भने एकता नै संकटमा पर्ने हो की भन्ने प्रश्न समेत खडा भएको छ।
पार्टी स्रोतका अनुसार निर्वाचन आयोगमा महन्थ ठाकुरलाई अध्यक्षसहितको पहिलो वरियतामा राखिएको छ भने ठाकुरकै नेतृत्वमा पार्टी दर्ता पनि गराइएको छ। दोस्रो वरियतामा बाबुराम भट्टराई थिए जसले संघीय परिषद् अध्यक्षको जिम्मेवारी सम्हाल्ने सहमति भएको थियो। यस्तै तेस्रो,चौथो र पाँचौ मा उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष, अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेताको वरियतामा पार्टीको सहमति भएको स्रोतले जानकारी गराएको थियो। तर यो सहमती निर्वाचन आयोगमा पुग्दा डा.भट्टराईको वरियता एकाएक चौथो स्थानमा पुगेको थियो। उनको दोस्रो वरियतामा भएको नाम एकाएक टिपेक्स ले मेटेर चौथो वरियतामा पुगेको कुरालाई सर्वत्र आलोचना थरिएको छ। विशाल जनयुद्धका चालक,पुर्व प्रधानमन्त्रि र एउटा विशााल पार्टीका अध्यक्ष समेत भइसकेको मान्छे चौथो वरियतामा रहेर काम गर्नु पर्दा टिका–टिप्पणी हुनु स्वभाविक पनि हो। यस घटनालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ट्वीटमार्फत उनले लेखेका छन्, ‘बाबुरामजीसँग धेरै विषयमा मेरो मतभेद छ। तर,उहाँको वरियता र राजनीतिक उचाई निर्वाचन आयोगमा पेश भएको कागजले गर्दैन।’
आइतबार निर्वाचन आयोगमा दल दर्ता गरमएर कानुनी मान्यता दिए पनि जनता समाजवादी पार्टीभित्रको वरीयता विवाद भने टुंगिएको छैन। घोषणाको भोलिपल्ट दुवै दलका नेता निर्वाचन आयोग पुगेर जनता समाजवादी पार्टी गठन गरेको जानकारी दिएका थिए। जनता समाजवादी ५३ जनाको कार्यसमिति हुने भएकाले तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २७ र समाजवादी पार्टीबाट २६ जना सदस्य रहेका छन्।
TUNGOON
२०७९ जेष्ठ १०, मङ्लबार
डा.बाबुराम भट्टराईको वरियता र राजनीतिक उचाई निर्वाचन आयोगमा पेश भएको कागजले गर्दैन।
सम्बन्धित खवर
सबैविचार
- हाइटीमा एक निजी जहाज दुर्घटना हुँदा ६ जनाको मृत्यु
- अनुहारलाई चम्कीलो बनाउने घरेलु उपायहरु
- तपाईको घरको कुन दिशामा के हुनु उचित
- भाइरस विरुद्धको खोप अन्तर्गत पहिलो मात्रा कोभिशिल्ड लगाएकाहरू त्यसको साटो दोस्रो मात्रा भेरोसेल खोप लगाउन मिल्ने निष्कर्षमा नपुगिएको डब्ल्यूएचओको भनाई
- बढी यौन सम्पर्क गर्ने महिलाको यौनाङ्ग खुकुलो हुन्छ भन्ने सोचाई गलत हो किन ?
- हाम्रो शरिरमा हुने कोठीको रहस्य
- राजनीतिक गतिविधिले चारैतिर निराशा र आक्रोश बढाएको नेपाली कांग्रेसका नेता गगन थापाको भनाई
- वास्तु शास्त्रका अनुसार प्रवेशद्वार कस्तो बनाउने ?
- वास्तु शास्त्रका अनुसार शयन कक्ष कस्तो बनाउने
खेलकुद
- इन्डियन प्रिमियर लिगमा बैंगलोरमाथि पन्जाब किङ्सको जित
- इन्डियन प्रिमियर लिगमा मुम्बईमाथि कोलकत्ताको जित
- दिल्लीलाई हराउँदै इण्डियन प्रिमियर लिगमा चेन्नइ विजयी
- इंग्लिस प्रिमियर लिगमा चेल्सी बराबरीमा रोक्कियो
- यूईएफए च्याम्पियन्स लिगमा भिल्ला रियलमाथि लिभरपुलको जित
- नेपाली टिमले आज जिम्बावे ए विरुद्ध प्रतिस्पर्धा गर्दै
- इन्डियन प्रिमियर लिगमा राजस्थानमाथि कोलकाताको सानदार जित
- नेपाली राष्ट्रिय क्रिकेट टिमले आज जिम्बावे ए विरुद्ध प्रतिस्पर्धा गर्दै
- प्रशिक्षक अब्दुल्लाहको व्यवहारप्रति कप्तान किरणकुमार लिम्बू असन्तुष्ट
कला
- सानु लिम्बु र सोमराज रावलको आवाजमा सजिएको लगाई दिउला सुनको बाला नामक गितको म्युजिक भिडियो बजारमा
- निशान भट्टराईको स्वरमा सजिएको सायर पल्माको तिम्रो बोलको नयाँ गीत चाडै बजारमा आउँदै
- आज सुनचाँदीको मुल्यमा वृद्धि
- फिल्ममा १ अर्ब ५० करोड सम्मको लगानी तहस नहस,सरकार संग राहत माग्दै
- योग गर्दा हामीलाई कस्तो फाइदा हुन्छ
- सेलो संगीतमा जम्दै ललितपुरे च्याङबा
- तामाङ चलचित्र क्युईका बाल कलाकार कुङगा छ्योइङ तामाङलाई वेष्ट बाल कलाकार ज्योमो गाङ फिल्म अवार्डबाट सम्मानित
- बुद्ध लामा सहित ४ कलाकार टोली ने.प्र.तामाङ समाज कतारको ल्होछार कार्यक्रमको लागि कतार पुगे
© TUNGOON