×

TUNGOON

निजि क्षेत्रले सरकारी निर्णयको स्वागत गर्‍यो ।


व्यापार व्यवसाय संचालन गर्न पाउने भएकोले सरकारको निर्णय स्वागतयोग्य रहेको निजि क्षेत्रका छाता संगठनहरुले बताएका छन् ।नेपाल उधोग वाणिज्य महासंघ,नेपाल चेम्बर अफ कमर्स र नेपाल राष्ट्रिय व्यापार महासंघले सरकारले लकडाउन खुकुलो बनाउने सम्बन्धि मोडालिटी सकारात्मक भएको प्रतिक्रिया दिनुभयो। ‘ हामी उधोगी व्यवसायिले कति दिन लकडाउनमा बस्ने भनेर सरकारलाई लकडाउन खुकुलो पार्न भनिरहेका थियौ ‘, महासंघकि अध्यक्ष भवानी राणाले भनिन, व्यवसायीले बैंकबाट ब्याज लिएर काम गरेको छन् ।उधोग व्यवसाय नै बन्द हुने अवस्थामा छन् भनेपछि अलिकति खुकुलो बनाएर संचालन गर्न दिने जुन निर्णय भयो,त्यो स्वागतयोग्य छ।रोगले होइन भोकले चाहिँ मानिसले आत्महत्या गर्ने अवस्थामा पुगेको र धेरै श्रमिकहरु बेरोजगार भएर बस्नु परेको उनको भनाइ छ।अब सरकारले गरेको निर्णयको पालना गर्दै कोभिड-१९ बाट बच्न सुरक्षा उपाय अपनाइ काम गर्नु पर्छ।

सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला