गोदावरी नगरपालिका -७ बुरुन्चुली(श्री सिङे ढडुप साङ्गे चैत)मा दुरदर्शन समुहले ब्लड डोनर्स एसोसियसन नेपाल ललितपुर जिल्ला शाखा, सोलुशन समाज एवं वेल्दी ट्रेड भेस्टिजसँगको सहकार्यमा आकस्मिक घरदैलो रक्तदान सम्पन्न गर्यो ।

रक्तादान गर्नेहरु पुरुष १८ जना र महिला ५ जना गरि जम्मा २३ जनाले सहभागिता जनाइ रक्तदान दिएका थिए, भने कान्छा रक्तदाता ,१८ बर्ष पूरा भइ १ महिना पुगेको अनि पहिलो पटक रक्तदान समेत गरेका थिए । इतिहासमै पहिलो पटक यस बुरुन्चुलीमा रक्तदान आयोजना गरेको र त्यसमा पनि 17 औं विश्व रक्तदाता दिवस पनि परेको बताउनु हुन्छ दुरदर्शन समुहका अध्यक्ष श्री सन्जीब सिंह तामाङ ।
रक्तदान गर्ने संघ संस्थाहरुको छाता संगठन यस एशोसिएशनले रक्तदान सम्बन्धि विविध कार्यक्रमहरु आयोजना गर्दै आएको छ । उपलब्धिपरक जनचेतनामुलक कार्यक्रमहरुकै कारण राष्ट्रमा मानवीय सेवा समर्पित एक उच्चकोटीको गरिमामय संस्थाको उपमा बन्न पुगेको छ।।
आज विश्वमा हरेक दिन दुर्घटना बढ्दै गएका छन्, जसमा मानविय क्षति पनि बढीरहेको छ । दुर्घटनाका कारण होस् या अन्य कुनै रोगको उपचारका क्रममा होस् रगतको आवश्यकता परिपूर्ति गर्न सबैलाई कठीन भइरहेको छ । यस्तो अवस्थामा रक्तदान जनचेतना र कार्यक्रमलाई जनस्तरमा अझ प्रभावकारी ढंगले विस्तार गर्दै जानुपर्ने देखिन्छ । यस कार्यक्रममा सर्व प्रथम यो समयमा संचारक्रमीहरुले ब्लोदाको सदस्यता प्राप्तगरी वहॉहरुले जानेको खण्डमा मिडिया मार्फत रगतको वारे वार वार जनचेतना पुग्दछ ।

रगत कसलाई आवस्यक पर्दछ ?
- ठूलो शल्यकृया गर्नु पर्ने विरामी
- दुर्घटना वा चोट लागेर धेरै रगत बगेको विरामी
- महिलाहरुलाई प्रसुतिको अवस्थामा
- जन्मदा रक्तरोग भएका शिशुहरु
- क्यानसरका विरामिहरु
- वंशानुगत रक्तरोगीहरु जस्तै थालिसिमिया, हेमोफिलिया तथा एनिमिया ।
- आगोले पोलेका विरामीहरु
- रक्त अल्पता भएका विरामीहरु
रक्तसंचारको इतिहास :

- इ.सं. १६१६ बेलायतका डा. विलियम हार्वेले प्रथम पटक व्यवस्थित रुपमा अध्यन गरी रगत मानिसको शरिरमा विस्तार प्रवाहित हुन्छ भन्ने कुरा सिद्ध गरे ।
- सन १८१८ : बेलासतका प्रसुति विशेषज्ञ डा. जेम्स ब्हन्डेलले एउता मानिसको रगत अर्को मानिसमा सफल्तापूर्वक संचार गरी मानिसको रगतमात्र मानिसलाई दिन सकिन्छ भन्ने कुरा प्रमाणित गरे ।
- सन् १९०१ : अस्ट्रियाका डा. कार्ल लेण्डस्टीनरले ABO रक्त समुह पत्ता लगाए ।
- सन् १९१४ : बेल्जियमका डा. हस्टिनले मानव शरीर बाहिर पनि सोडियम साईट्रेट नामक रसायनमा मिसाएर राखेमा रगत जमदैन र बोतलमा राख्न सकिन्छ भन्ने कुरा पत्ता लगाए ।
- सन् १९३२ : डा. आन्द्रे बाग्दासोरोभ रक्तदातावाट संकलित रगतलाई गुल्कोज र सोडियम साइट्रेट ठिक मात्रामा मिसाएर ४ डिग्री सेन्टिग्रेड तापक्रममा २१ दिनसम्म राख्न सकिने कुरा पत्ता लगाए ।
- सन् १९३६ : क्यानाडाका डा. नर्मल बेथुनले स्पेनको म्याट्रिडमा विश्वको प्रथम रक्तसंचार सेवा स्थापना गरे ।
- वि. सं. २०२३ : काठमाडौमा नेपालको प्रथम रक्तसञ्चार सेवा केन्द्रको स्थापना भयो ।


मानव रगतको कुनै विकल्प छैन :
रगत कुनै कारखानामा बन्दैन र खोलामा पनि बग्दैन । जनावरको रगत मानिसलाई दिन मिल्दैन । कृत्रिम रगत बनाउने प्रयास वैज्ञानिकहरुले गरे तापनि हालसम्म सफल भएका छैनन् । यदि त्यस्तो कृत्रिम रगत तयार भएपनि नेपाल जस्तो अल्पविकसित मुलुक जन्ताको पहुँच भित्र हुने छैन अर्थात् अत्यन्त महंगो बस्तु हुनेछ । यसकारण स्वयमंसेवी रक्तदाता नै सुरक्षित रगतका एकमात्र स्रोत हुन् र रक्तसंचारका लागि यो भन्दा अर्को विकल्प छैन ।
रगतको मात्रा :
पुरुष – ७६ मि. लि. प्रति किलोग्राम शारीरिक तौल
महिला – ६६ मि. लि. ,, ,, ,, ,,
दैनिक कार्य सञ्चालनका लागि आवश्यक रगतको मात्रा – ५० मि. लि. प्रति किलोग्राम
प्रत्येक ब्यक्तिले – ८ मि. लि. प्रति किलोग्राम रक्तदान गर्न सकिन्छ ।
नेपालमा रक्तदान गर्न आवस्यक न्यूनतम तौल ४५ कि. ग्रा. राखिएको छ ।
त्यसकारण एउटा ४५ कि. ग्रा. तौल भएको व्यक्तिले 45×8= 360 मि.लि. रक्तदान गर्न सकिन्छ ।
रगत : 55 % प्लाज्मा + 45 % रक्तकोष
प्लाज्मा : 92 % पानी 8 % लवन र अन्य तत्व
रक्तकोष : रातोरक्तकण + लौहतत्व
रक्तकण + प्लेटलेट्स
दान गरिएको रगतको परिपुर्ति :
प्लाज्मा ४८ घण्टा ( २ दिन ) भित्र पुरा हुन्छ ।
रक्तकोष २१ दिन भित्र
एउटा स्वस्थ व्यक्तिले प्रत्येक ९० दिन अर्थात तिन महिनामा रक्तदानपछी गर्न सकिन्छ ।
रक्तकोषहरुको आयु केही दिन देखि केही महिनासम्म हुन्छ ।त्यस्तो रक्तकण सव भन्दा लामो समय १२० दिन सम्म बॉच्दछ तर संचित गरी (मानव शरीर बाहिर ) राखिएको रगत ४ डिग्री सेन्टीग्रेड तापक्रम्मा ३५ दिन सम्म मात्र राख्न सकिन्छ ।

कसले रक्तदान गल्न सक्छ ?
- उमेर १८ वर्ष देखि ६४ बर्ष सम्म
- तौल ४५ किलोग्राम र सो भन्दा माथी
हामीले किन रक्तदान गर्नु पर्छ ?
रक्तदाताहरु थोरै छन् तर रगतको माग धेरै छ । कसलाई कतिवेला रगतको आवश्यक्ता पर्छ भन्न सकिन्न । यसकारण रगतको मागको अनुपातमा रक्तदाता वृद्धि हुनु भनेको सबैको आवस्यक परेको बखतमा रगत पाउने आस्वस्तता पनि हो । यदि सबै सक्षम व्यक्तिले सामाजिक दायित्व सम्झेर रक्तदान गर्ने हो भने रगतको अभाव हुँदैन फलस्वरुप स्वयंसेवी रक्तदाताको स्वच्छ सुरक्षित रगतबाट समाज र देश लाभान्वित हुन सक्छ ।
देशको रगतको माग पुरा गर्न कम्तिमा जनसंख्याको 2% व्यक्तिले रक्तदान गर्न आवश्यक हुन्छ ।
२०७६ चैत ११ गते देखि नेपालमा कोरोना भाईरस (कोभिड-१९) को महामारीको समयमा आफनो ज्यानको बाजी लगाएर बिरामीहरुलाई रगतको अभाव परिपुर्ति गर्न ब्लड डोनर्स एशोसिएशन नेपाल जिल्ला शाखा काठमाडौंको सचिव श्री अनिल रत्न तुलाधरको संयोजकत्वमा काठमाडौं, ललितपुर र भक्तपुर ब्लोदान शाखा र नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार सेवा भक्तपुरको सहकार्रीयतामा २०७६/११/१४ गते देखी २०७७/२/३१ विश्व रक्तदाता दिवसका दिन सम्म निरन्तर आकस्मिक घर दैलो रक्त संकलन अभियान गरी लगभग ६५०० पिन्ट रगत संकलन गर्न सफल भएको बताउनुहुन्छ ब्लड डोनर्स एशोसिएशन नेपाल( ब्लोदान ) का ललितपुर जिल्ला शाखाको वर्तमान अध्यक्ष साधुराम महर्जन ।


ब्लड डोनेट गर्न ईच्छुक व्यक्ति सम्पर्क गर्न सक्नुहुनेछ
साधुराम महर्जन
अध्यक्ष
ब्लोदान ललितपुर
9851085812