×

TUNGOON

अविरल वर्षाकाकारण दक्षिण ललितपुरको सडक सञ्चालनमा अवरुद्ध



प्रकाश थिङ ललितपुर
ललितपुर । सोमबार रातिदेखि परेको अविरल वर्षाकाकारण निरन्तर बर्षापछि दक्षिण ललितपुरको सडक सञ्चालनमा क्षति पुगेको छ । राजधानीबाट तराई छिचोल्ने हेटौंडा जोड्ने कान्तिलोकपथ र प्युटार हुदै काभ्रेको खानिखोला गाउँ पालिका को तालढुङ्गा जाने मोटरबाटो अवरुद्ध भएको छ । प्युटारको गढिभञ्ज्याङ देखि आश्राङको लुक्ने सम्मा पुरै बाटो अबरुद्ध रहेको वडा .४ प्युटारका अध्यक्ष नारायण बहादुर घले ले जानकारी दिनु भएको छ।यसैगरी वाग्मती गाउँपालिका वडा नं ३ भट्टेडाडाँ यरिया कान्तिलोकपथको बगुवा सम्म पहिरो जाँदा सडक अवरुद्ध भएको जानकारी बागमती प्रेस संयोजक दिपक घिमिरे समिरले बताउनु भयो उक्त अवरुद्ध सडकको पहिरो पन्छाउने काम तिव्र गतिमा भाइरहेको छ। नयाँगाउँ–भालुखोला खण्डमा पहिरोको उच्च जोखिम क्षेत्र हो यस क्षेत्रमा जुनसुकै बेला पहिरो जान सक्ने एरिया मानिन्छ


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला