×

TUNGOON

ललितपुर ईकुडोलमा पहिरोका कारण एक घरमा क्षति


प्रकाश थिङ
बुधबार अविरल वर्षा कारण गएको पहिरोले ललितपुर को बागमती गाउँ पालिका को वडा नं ५ ईकुडोल सानाचिलामा केशव तिमल्सिना घर पछाडि बाट आएको पहिरोले एक घर पुरिएको जानकारी इकुडोलका वडाध्यक्ष साजन दर्लामी मगरले दिनु भएको छ।
उक्त घटनामा घर पुर्दा मानवीय क्षेती भने नभएको सबै सकुशल सकुशल रहेको र उनीहरु सुरक्षित स्थानतर्फ गएको अध्यक्षले बताए। बेलुका देखि परेको भीषण वर्षाका कारण इकुडोल लगायत विभिन्न ठाउँमा ज‍खिम क्षेत्रका बस्तीहरु उच्च जोखिममा परेका छन् । वर्षातले भने ईकुडोलको सबै जस्तो टोल बस्तीहरु पनि बाढी तथा पहिरोको जोखिममा छन्। विशेष गरी नयाँ सडक संजालको अधिकांश स्थानमा निर्माण गरिएका नयाँ सडक संजाको कारणले पहिरो जाँदा मानव बस्तीहरु उच्च जोखिममा पर्ने गरेका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला