×

TUNGOON

एकैदिनमा थपिए ५८६ जना नयाँ संक्रमित


एकैदिनमा थपिए ५८६ नयाँ संक्रमित सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका नागरिकहरु थिए।बुधबार पुष्टि भएका संक्रमित हाल सम्मकै सर्वाधिक दैनिक संख्या हो।मुलुकमा संक्रमितको संख्या सात हजार एक सय ७७ पुगेको छ।परिक्षणको दायरा बढे संगै संक्रमित पत्ता लाग्ने क्रम बढ्न थालेको छ। संक्रमितमध्ये एक हजार एक सय ६७ जना निको भएर घर गएका छन् ।हाल सम्म २० जनाको मृत्यु भएको छ। बुधबार दिउँसो २ बजेसम्म ६ हजार ३७ जनाको पिसिआर परिक्षण भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेशवर गौतमले एक लाख २५ हजार सात सय ९८ जना क्वारेन्टाइनमा बसेको जनाकारी दिए।क्वारेन्टाइनमा बस्नेको संख्या क्रमश: घट्न थालेको छ।मास्को प्रयोग,भिड्भाडबाट टाढै रहने, नियमित साबुनपानीले हात धुने गरेमा कोरोना संक्रमण फैलिनबाट रोकिने मन्त्रालयका प्रवक्ता गौतमले बताए । स्वास्थ्य मन्त्रालयले असार अन्तिमसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार पुग्न सक्ने अनुमान गरेको छ।मन्त्रालयले गरेको आन्तरिक प्रक्षेपणमा संक्रमितको संख्या धेरै बढ्ने भएकोले त्यहीअनुसारको तयारी थाल्नुपर्ने औल्याएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला