
मासिक ११ युनिटदेखि २० युनिटसम्मका लागि डिमान्ड शुल्क ३० र इनर्जी शुल्क प्रतियुनिट ३ रुपियाँ लाग्नेछ ।१५ एम्पियरको लाइनमा भने मासिक ११ देखि २० युनिटसम्मका लागि डिमान्ड शुल्क ५० र इनर्जी शुल्क ४ रुपैया प्रतियुनिट कायम गरिएछ । यश अघि त्यो दर ७५ रुपैया र ७ रुपैया थियो।त्यस्तै,२१ देखि ३० युनिटसम्मका लागि डिमान्ड शुल्क ५० र इनर्जी शुल्क प्रतियुनिट साढे ८ रुपैया तोकिएको छ । ३१ देखि ५० युनिट डिमान्ड शुल्क ५० र इनर्जी ८ रुपैयाँ छ।यस अघि डिमान्ड शुल्क १ सय र इनर्जी शुल्क १० रुपैया थियो । ५१ देखि १ सय युनिटको डिमान्ड शुल्क ७५ र इनर्जी शुल्क साढे ९ रुपैया तोकिएको छ।त्यस्तै, १ सयदेखी १ सय ५० युनिटसम्मका लागि डिमान्ड शुल्क १ सय र इनर्जी शुल्क प्रतियुनिट साढे ९ रुपैया बनाइएको छ ।

थ्री फेज तल्लो भोल्टेज(४सय भोल्ड)लाइनमा १० केभिएसम्म मासिक ४ सय युनिटको डिमान्ड शुल्कमा १ हजार १ सय रुपैयालाई यथावत् राखिएको छ।तर इनर्जी शुल्कमा भने प्रतियुनिट साढे १२ रुपैया मात्र थियो।४ सय युनिट भन्दा माथिकी लागि पनि डिमान्ड शुल्क यथावत् राखेर इनर्जीमा शुल्कमा साढे १३ रुपैया प्रतियुनिटबाट घटाएर १२ रुपैया गरिएको छ।१०केभिएभन्दा माथिमा भने डिमान्ड र इनर्जी शुल्कलाइ यथावत् राखिएको छ। थ्री फेज मझौला भोल्टेज(३३/११केभी )मा भने २ हजार युनिटसम्मको दर रेटलाई यथावत् राखिएको छ।