मानव स्वास्थ्यका लागि लसुन एकदमै लाभदायी मानिन्छ। सदियौदेखी हामीले भान्सामा लसुनको प्रयोग गर्दै आएका छौं ।गुणकारी लसुन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ।
लसुनको मुना बिहानै खादा अनेकौ रोगबाट वचन सकिन्छ।लसुन एकप्रकारको एन्टिबायोटिक शक्ति हुन्छ, जसले पेटमा रहेका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ।लसुनमा भिटामिन र मिनरलयुक्त पोषक पदार्थ भरपुर मात्रामा भिटामिन बी-१,६,सी,क्याल्सियम र कपर पाइन्छ।दैनिक लसुन सेवान गर्दा दिनभरका लागि शरीर सुरक्षित हुनाका साथै शक्ति समेत दिन्छ।
आयुर्वेदमा लसुनलाई जवान रहने औषधि मानिन्छ।पायल्स,कब्जियत,कानको दुखाइ ,उच्च रक्तचाप, अरुची जस्ता केही रोगका लागि यो उपयोगी हुन्छ।खास गरि ग्यास्ट्रीकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानी संग लसुन खादा निकै फाइदा गर्छ।
लसुन आफैमा आयुर्वेद औषधि हो।यसले रक्तचाप पनि घटाउछ ।साथै पेनकिलरको काम पनि गर्दछ।शरीरका अंगहरु सुन्निदा समेत फाइदा गर्छ।यसले रगत पातलो बनाएर जम्नबाट रोक्दछ।लसुन नियमित खादा रुखाखोकी पनि लाग्दैन।