Spread the love
  • 5
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

“बोली” अत्यन्तै महत्त्वपुर्ण कुरा हो।बोलीले नै मानिसको परिचय दिन्छ।त्यसैले भनिन्छ,मीठो बोली कोइलीको बोली,नमिठो बोली कागको बोली।कोइली कुहु कुहु कराउदा मधुमन्त हुन्छ, अहा कति मिठो आवाज भनेर उसको सुरमा रमाउन थाल्छ।जब काग कराउन थाल्छ तब साराले उसलाई धपाउन झटारो हान्न थाल्छ।तथापि मीठो बोलीमा रमाउन सकिन्छ अरुलाइ पनि आफैं तिर फकाउन सकिन्छ ।त्यसैले भन्ने गरिन्छ,कम बोलौ,मीठो बोलौ,बिस्तारै बोलौ,सत्य बोलौ,युक्तियुक्त बोलौ,सोचेर बोलौ, सत्य बोलौ,सोचेर बोलौ र स्वमानयुक्त बोलौ।

हाम्रो “बोली” मा यति धेरै शाक्ती लुकेको छ कि हाम्रो बोलीको प्रभावले क्षणभरमा नै कसैलाई सुख, शान्ती प्रदान गरि नयाँ जीवन पनि दिन सक्छ, भने अर्को तिर नमिठो बोलीले क्षणभरमा नै कसैको जीवनलाई नै बर्बाद पनिगरी दिन सक्छ।” बोली”को प्रभावले गर्दा सारा अभाव जीवनलाई कयपलट ल्याउन ठूलो मद्दत रहेको हुन्छ।आज कतै मीठो बोल्दा वरदान सरह कसैको जीवनले उमंग,उत्साह, सुख:शान्ती प्राप्त गरेर आफनो जीवनलाई नै परिवर्तन गरेका छ्न भने कतै नमिठो बोल्दा श्राप सरह जीवनमा डिप्रेसन गराउने,उमंग उत्साह नष्ट गर्ने कार्य हुनुको कारण समाजमा आत्म-हत्या गर्नेहरुको संख्या दिनहुुँ बढ्दै गइरहेको छ।

महाभारतको कथामा द्रोपतीले दुर्योधन प्रती लक्षित गर्दै “अन्धाको सन्तान अन्धा नै” जस्तो नराम्रो “बोली” बोल्दा यत्रो महाभारत बन्न पुयो।त्यसैले हाम्रो बोली यस्तो प्रभावशाली होस जसले अरुलाइ सुख- शान्ति दिलाएर श्रेष्ठ कर्म गर्ने प्रेरणा देओस।जीवन देखि निराश भएका आत्माहरुलाइ आशाको नयाँ किरण दिन सकोस् ।आज विश्वमा बढदै गइरहेको ६५ प्रतिशत हत्या हिंसाका घटना पनि “बोली” कै कारण भएको पाइन्छ।

यदि हामी मिठो “बोली” बोल्न सक्दैन भने मौन रहनु नै असल हुन्छ।सधैं सकारात्मक सोचौं तब मात्रै हाम्रो”बोली” दैवी गुणले सम्पन्न बन्दै वरदानी बन्न सक्ने छौ।हामीले प्रतिज्ञा गरौँ कि “बोली” बाट सबैलाई सुख,उमंग-उत्साह,शान्ति मात्र दिने छु।”बोली” द्रारा वरदान मात्र निकाल्ने छु, श्राप होइन !!!!!!!!