Spread the love
  • 4
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

योग तथा ध्यानप्रती धेरैको रुचि बढदै गएको छ।यसले मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ।अमेरिकको इलिनिइस विश्व विधालयम हठ योगामा गरिएको ११ ओटा अनुसन्धानको अध्ययनबाट के देखियो भने, योग गर्नेहरुको मानसिक स्वास्थ्य र स्मरणशाक्ती राम्रो भएको पुष्टि गरेको छ।योग गर्ने धेरै तरिका छन् ।फरक- फरक शैलीमा गरिने सबै योगले स्वस्थ जीवनयापन मद्दत गर्छ।योगले नै रोग संग लडाने क्षमता बढाउने अनि रोग नै लाग्न नदिने एक प्रकारको औषधि भने पनि फरक पर्दैन।

दैनिक १२ मिनेटसम्म गरिने ध्यानले चाडैं देखिने बुढयौली ४३ प्रतिशतले कम गर्न सकिन्छ । योगमा गरिने आसनले मुटु र रक्तनली सम्बन्धी,दम,डाइबिटिज,खाध्य पदार्थका कारण आन्द्रामा हुने एलर्जी,ढाड दुख्ने,उच्च रक्तचाप जस्ता धेरै दीर्घरोगबाट जोगाउछ,डा.वासुदेव उपाध्याय भन्छन् ,’प्राणायामले शरीरमा अक्सिजनजनको प्रवाह बढाएर छाला र श्वास-प्रश्वास सम्बन्धि रोग,क्यान्सर लगायतका जटिल रोगबाट जोगाउनुको साथै यसको विस्तारलाई कम गर्छ।योग अन्तर्गत को ध्यानले हाल समाजमा अत्यधिक देखिन थालेका उदासीनपन,तनाव र छटपटी आदि कम गर्ने उनी बताउछन् ।व्यक्तिको निर्णय क्षमता,एकाग्रता एवं खुशीपनलाइ योगले बढाउछ।योगले मनोभावनात्मक आवेगलाइ सिथिल बनाउछ।विविध कारणले उत्पन्न हुने चिन्ता,तनाव र रिस बढाउने कर्टिसोल नाम गरेको हर्मोन घटाउन योग महत्त्वपूर्ण छ।

पछिल्लो दशक मा नेपालमा अहिले जानी नजानी योग गर्नेहरुको क्रम देखिन थालिएको छ।योग गर्नेहरु ग्रामीण क्षेत्रमा भन्दा शहरिय क्षेत्रमा बढी देखिन्छ ।