×

TUNGOON

नेपाली काङ्ग्रेस महालक्ष्मी नगरपालिकाले बृहत रक्तदान कार्यक्रम सम्पन्न



प्रकाश थिङ ललितपुर

नेपाली काङ्ग्रेस महालक्ष्मी नगर पालिका ललितपुर को वडा नं १,२,३,४ इमाडोलको अायोजनामा तथा नेपाल रेड्रक्रस सोसाईटी बालकोट उप शाखा भक्तपुरको समन्वयमा अायोजित रक्तदान दान कार्यक्रम असार ६ गते महेन्द्र अादर्श मा, विमा बृहत रक्तदान कार्यक्रमा सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ८० जान महालक्ष्मी नगर पालिका का जन्ताले रगत दान दिएका छन ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बश्नेतले यो बिपदमा एक भएर अनेक उपाय सहित यो बिपदलाई जित्ने कोशीस गर्नुपर्ने र त्यसका लागि नेपाल तरुण दल सधैं जनताको साथमा रहेको जानकारी गराउनु भएको छ।
कार्यक्रममा नेपाली काङ्ग्रेस महालक्ष्मी नगर पालिकाले कोराना संक्रमणको जोखिम समयको अवस्थामा रगत अभाव नहोस भन्ने उदेश्यका साथ लकडाउनको समयमा सामाजिक दुरी कायम गरी २०० बढीको उपस्थिती रहेको बिर्हत रक्तदान कार्यक्रममा सम्पन्न गरेको नेपाली कांग्रेश महालक्ष्मी नगरपालिका सभापति दिवाकर शिलवालले बताए । कार्यक्रममा युबा नेता तथा समाज सेवी मंगलकुमार थापा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य शङ्कर सिंह,लगायत दर्जनौ कांग्रेश सुभेच्छुकहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।


कार्यक्रमका सभापति श्री प्रकाश पराजुलीले रगत अभाबका कारण कसैको ज्यान नजावस भनेर यो बिपदमा यो कार्यक्रम गरिएको बताउँदै रक्तदान गरी जीवनदान गर्ने सबैलाई बिशेष धन्यवाद ब्यक्त गरेका छन्।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला