×

TUNGOON

गोदावरी नगरपालिकाकोआगामी आ.व.२०७७\०७८ को कुल बजेट १ अर्ब ६८ करोड ६५ लाख २२ हजार


By Sanjeev ललितपुर । गोदावरी नगरपालिकाको आगामी आ.व. २०७७/०७८ को कुल बजेट एक अर्व ६८ करोड ६५ लाख २२ हजार हुने अनुमान गरेको छ ।

बुधबार नगरपालिकाको सातौं नगरसभामा उक्त बजेट प्रस्तुत गरिएको थियो । कुल बजेटमध्ये आन्तरिक राजश्वतर्फ १६ करोड, संघीय सरकार समानीकरण अनुदान तर्फ २० करोड २८ लाख, संघीय सरकार राजश्व बाँडफाँड तर्फ १० करोड ९६ लाख ५७ हजार २ सय ९०,प्रदेश सरकार समानीकरण अनुदान तर्फ १ करोड १२ लाख, प्रदेश सरकार राजश्व बाँडफाड तर्फ ४ करोड १२ लाख ५० हजार, मालपोत राजश्व बाँडफाडवाट २० करोड ६ लाख ४२ हजार ७ सय १०, शर्शततर्फ ६० करोड २९ लाख ७२ हजार, चालु आवको अल्या ३५ करोड रहेको गरी कुल एक अर्व ६ करोड ६५ लाख २२ हजारको आय अनुमान गरेको नगरप्रमुख गजेन्द्र महर्जनले बताए ।

यसै गरी नगरपालिकाको चालुतर्फ रु. ९५ करोड २९ लाख ७२ हजार र विकास निर्माणलाई गति दिन पूँजीगत नगरस्तरीय योजनातर्फ ३९ करोड ३५ लाख ५० हजार तथा वडास्तरीय योजनातर्फ १४ करोड र चालु आवको साविक योजनाका लागि २० करोड गरी कुल एक अर्व ६८ करोड ६५ लाख २२ हजारको व्यय रहेको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला