प्रकाश थिङ
ललितपुर जिल्ला को बागमती गाउँ पालिकाले साताै गाऊ सभामा अध्यक्ष वीर बाहदुर लोप्चनले आउँदो आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरी उक्त नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो ।
आगामि बर्ष बागमती गाऊपालिका ले पुरानो योजनाहरुलाई प्राथमिक्ता दिदै अरु थप नयाँ योजना बजेटमा प्राथमिकता दिदै अगाडि बढ्दै जाने योजना अनुसरको कार्यक्रमहरु जस्तै पर्यटन बिकास कार्यक्रम राडर क्षेत्र पर्यटन बिकास कार्यक्रम संन्चालन , तिनपाने भन्जङयाङ तरकारी संक्कलन केन्द्र निर्माण गाऊपालिका स्तरिय अस्पताल निर्माण सम्म बैदेशिक रोजगार बाट फर्केर आउने युवालाई गर्ने ब्यबसायमा लाग्न को लागि ब्याज अनुदान कार्यक्रम लागू गरियको छ गत बर्षका एकल पुरुष भता गाऊपालिका भबन निर्माण कार्य जस्तो काम आगामि बर्ष संन्चालन गरिने बागमती गाऊपालिका अध्यक्ष बिरबाहदुर लोप्चन ले जानकारी दिनु भयो ! बागमती गाऊपालिका लाई बितिय समानिकरण अनुदान संघिय सरकार बाट ७ करोड ३३ लाख प्रदेश सरकार बाट ९८ लाख ९४ हजार शशर्त अनुदान संघिय सरकार बाट १९ करोड ५२ लाख प्रदेश सरकारबाट २ करोड ३२ लाख ७५ हजार राजस्व संघिय सरकार राजस्व बाडफाड बाट ५ करोड १३ लाख प्रदेश सरकार बाट राजस्व बाडफाड १ करोड ५८ लाख ३४ हजार बागमती गाऊपालिका को आन्तरिक आय ५ करोड ६३ लाख रजिस्ट्ेशन दस्तुर बाट ५० लाख गरि बागमती गाऊपालिका को अनुमानित बजेट ४२ करोड ५६ लाख ३ हजार रहेको गाऊपालिका अध्यक्ष बिरबहादुर लोप्चनले बताए।

