×

TUNGOON

मच्छिन्द्रनाथ बनाउदै


ललितपुर\\\मच्छिन्द्रनाथ महास्नानको भोलीपल्ट देखि रथ बनाउने चलन छ। गत चैतको २७ गते मच्छिन्द्रनाथको निर्माण स्थान तोकिए पनि कोरोना संक्रमणका कारणले काम हुन सकेको थिएन ।अहिले सरकारले लकडाउन खुकुलो भए संगै नयाँ साइत निकालेर क्षमा पुजा गरेर पुल्चोकमा निर्माण कार्य करिब करिब दुई महिना पछि अर्थात असार १० गतेबाट सुरु गरेको छ।

नगर प्रमुख ,ज्यापू समाज,गुठी संस्थान तथा रथ बनाउने रकर्मीहरु संग जेष्ठ ९ गते नगरपालिकामा सर्वदलीय बैठक बसेको थियो। उक्त बैठकबाट अरु बेला जस्तो तडक भडक नभए पनि सामाजिक दुरी कायम गरेर जात्रा समप्न्न गराउनु पार्ने निष्कर्ष निकाले ।रथ निर्माणका नाइके दिलकुमार बाराहीले भने यो जात्रा अरु जस्तो जुन मिति, बार र दिन गर्नु पर्ने होइन जति खेर साइत हेरेर गर्न सकिन्छ तर यसपाली दसै अगाडि भने बुगमातीमा पुर्याउनु पर्छ।

मच्छिन्द्रनाथ अन्न र सहकालका देवताका रूपमा मानिन्छ।अरु जात्रा भन्दा यो बर्ष कै लामो रथयात्रा मानिने यो जात्राले करिब १४ सय बर्ष पुरानो इतिहास बोकेको छ।मच्छिन्द्रनाथको रथ ३२हात (४८)फिट अग्लो हुन्छ।यसमा ३२ वटा भगवान रहेको विस्वास गरिन्छ।

बराहीका अनुसार १५ दिन भित्र रथ निर्माण सक्ने परम्परा छ।रथ यात्राको लागि भने छुट्टै बैठक बसेर साइत निकाल्नु पर्ने उनले जानकारी दिए।जात्रामा रथ यात्रा गराइने मच्छिन्द्रनाथलाइ भक्तपुरका राजा नरेन्द्र देव,कान्तिपुरका तान्त्रिक बन्धुदत्त र ललितपुरका एक ज्यापुले भारतको आसाम देखि ल्याइएको किम्बदन्ती छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला