Spread the love
  • 108
  •  
  •  
  •  
  •  
  •  
    108
    Shares


प्रकाश थिङ ललितपुर

ललितपुर, बागमती गाउँपालिकाले कोरोना भाइरस कोभिड -१९ रोकथामका लागि गाउँपालिकाले विपत् व्यवस्थापन कोष अन्तर्गत कोभिड-१९ नियन्त्रण कोष खडा गरी रु २४ लाख ५० हजार अक्षयकोषको घोषणा गरेको छ । यसैगरी बागमती गाउँ पालिकाले अक्षयकोषमा आर्थिक जम्मा गर्न सम्पूर्ण
उद्योगी व्यवसायी, इच्छुक व्यक्ति संघसंस्थाहरुलाई आह्वान समेत गरेका छन ।

पालिकाले स्थापना गरेको अक्षय कोषमा फर्निचर तथा फिक्चर्स शिर्षक बाट ५ लाख, मेशिनरी औजार शीर्षकबाट ३ लाख ५० हजार, नारी दिवस कार्यक्रमबाट ३ लाख रकम जम्मा गर्ने निर्णय गरेको छ । त्यस्तै वडा नम्बर ५ को कार्यक्रमबाट १ लाख, वडा नम्बर ३ को कार्यक्रमबाट १ लाख वडा नम्बर ७ को कार्यक्रमबाट पचास हजार र वडा नम्बर ६ को कार्यक्रमबाट पचास हजार रुपैया कोषमा जम्मा गर्ने यसैगरी कोषमा प्रदेश सरकारबाट प्राप्त रु १० लाख समेत जम्मा गरी २५ लाख बराबरको कोष खडा गरिएको बागमती गाउँपालिका प्रमुख वीर बहादुर लोप्चानले जानकारी गराउनु भएको छ । पालिकाले महामारी रोकथाम र नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मी, कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

अक्षयकोषमा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले एक महिनाको तलब र वडा नं ३ भट्टेडाडाका वडा अध्यक्ष तथा पालिका प्रवक्ता विष्णुप्रसाद तिमल्सिना ले व्यक्त गत १लाख अक्षयकोषा जम्मा गर्ने घोषणा गरेकाछन । संगै बागमती गाउँ पालिका भित्र का जन्ताको लागि लकडाउनमा अत्यवश्यक आवतजावत गर्नु पर्ने लाई बसको व्यवस्थापन गरेको छ ।