×

TUNGOON

१ लाख लिटर क्षमताको खानेपानी टयाङ्की निर्माण हुने


ललितपुर गोदावरी नगरपालिका वडा नम्बर -९ छ्म्पीमा उपभोक्ता समिती अन्तर्गत सल्यान्तारमा १ लाख लिटर क्षमताको टयाङ्की निर्माण हुने भएको छ।

आइतबार टयाङ्की निर्माणका लागि गुरुपुरोहित सहित शङ्ख धोनी एबम मङ्ल बाचन गरेर गोदावरी नगरपालिका छ्म्पी -९ का वडा अध्यक्ष श्री आत्माराम थापाले सिल्यान्यास गर्नु भयो।उक्त कार्यक्रममा वडाका जनप्रतिनिधिहरु,गन्नेमाने,बुद्धिजीवी,छ्म्पी खानेपानी उपभोक्ता समितिका सदस्यहर लगायत स्थानीय उपभोक्ता हरुको उपस्थिति भएको थियोे ।उक्त कार्यक्रमको आयोजना छ्म्पी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले गरेका थिए ।अब टयाङ्की निर्माण सकेपछी छम्पीका उपभोक्ताहरुले खानेपानीको लागि सहज हुने बताए , यसै वडाका जना प्रतिनिधि जगत बहादुर सिङ्तानले।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला