Spread the love
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

रियो/एजेन्जी=अर्जेन्टिना फरवार्ड कार्लोस टेभेज खेल जीवनको झन्डै अन्त्यतिर पुग्न लागेको छन् ।उनको आफ्नो बिदाइ खेलका बारेमा पनि योजना बनाएका छन् ।जसमा उनी लियोन मेसी र क्रिस्टियानो रोनाल्डोलाइ संगै खेलाउन चाहन्छन् ।

अर्जेन्टिना स्टाइकारले अर्को ६ महिना बोका जुनियर्सबाट खेल्नेछन् ।टेभेजले आफ्नो बिदाइ खेलमा कस्तो टोली बनाउन चाहेको मात्र होइन ,एक पटक युरोप फर्कन चाहेको पनि प्रष्ट पारेका छन् ।यदि मैले टोली बनाउने अवस्था भएमा जियालियोजी बुफोन,हुगो इबारा ,रितो फर्डिनान्ड,गाबृयल हाइन्ज!प्याट्रीस इभ्रा,एन्द्रीया पिर्लो, पाउल स्कल्स पाउल पोग्बा, रोनाल्डो, मेसी र वायन रोनीलाइ समाबेश गर्ने थिए। उनले भनेका छन् ,मेरो भविष्यको बारेमा पनि मैले सबै सम्भावनालाई खुल्ला राखेको छु।

उनले अर्जेन्टिनामा बोका जुनिर्यस मात्र आफ्नो विकल्प रहेको उल्लेख गर्दै टेभेजले भनेका छ्न।तर ६ महिनाका लागि म विस्ट हयाम फर्कन चाहन्छु।मलाई युरोपमा त्यो टोली मन पर्छ।उनी हयामबाट इग्लिस लिगमा प्रवेश गरेका थिए ।त्यसपछि उनले म्यान्चेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबाट खेल्दै प्रीमियर लिग उपाधी जितेका थिए उनी सिटीका कप्तान समेत रहेका थिए।