×

TUNGOON

लकडाउन साउन ७ गते सम्म कायम हुने


काठमाडौं /// मन्त्रीपरिषद्को सोमबार साझ बसेको बैठकले काठमाडौमा संक्रमण बढ्दै गएको र लकडाउन मापदण्ड लागू नभएको भन्दै मापदण्ड कडाइका साथ लागू गर्ने निर्णय पनि गरेको छ।सरकारले हाल अपनाउदै आएको लकडाउनको प्रावधान साउन ७ गतेसम्म कायम राख्ने मन्त्रीपरिषद् बाट निर्णय गरेको छ।

सोमबार बसेको सिसिएमसी बैठकले सरकारलाई सोही अनुसारको सिफारिस गरेको थिए ।सिसिएमसीका सचिव महेन्द्र गुरागाइका अनुसार भाषा तथा अन्य परिक्षा तथा उद्योग संचालन गर्दा कर्मचारीले र सामान खरिदको क्रममा उपभोक्ताले पालना गर्नुपर्ने मापदण्ड पालन नभएकोले सरकारले यसलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको हो।

हवाई वा स्थलमार्गबाट उपत्यका भित्रने ब्यक्तीले घरमै क्वारेन्टीन बस्न चाहेमा र स्थानीय निकाय र प्रहरीको सिफ भएमा होम क्वारेन्टिनमा बस्ने अनुमती दिने सक्ने ब्यवस्थ भएको हुमागाइले जानकारी गरेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर जाने ब्यक्तिहरुको जाँच गर्नका लागि प्रस्थान गर्ने ठाउँमा स्वस्थ्य सेवा उपलब्ध गराउने,विमानस्थलमा काम गर्ने लोडरलगायत चेकजाँचमा खटिने कर्मचारीका लागि स्वास्थ्य सामग्रीको ब्यवस्थ गर्ने निर्णय सिसिएमसीले गरेको छ।क्वारेन्टिनमा विभिन्न संघसंस्थाले स्वास्थ्य सामग्री उपहार दिन जादा खेरी संक्रमण हुनसक्ने भएकोले स्वास्थ्री तथा जनसंख्या मन्त्रालयमा नै ती सामग्री दिएर मन्त्रालय मार्फत पठाउन सकिने ब्यवस्थ गरिएको अनि आफैं क्वारेन्टिनमा जानू पारेमा मन्त्रालयको सिफारिसबाट अनुमति लिएर जान सकिने निर्णय गरेको सिसिएमसीले जनाएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला