×

TUNGOON

प्रधानमन्त्रीको राजीनामा माग भारतले गरेको होईन हामीले मागेको हो: दाहाल


काठमाडौ /सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी( नेकपा) का शीर्ष नेताहरूले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।ओलीको कार्यशैलीमा असन्तुष्ट शीर्ष नेताहरूले स्थायी कमिटीको मंगलबार बैठकमा दुबै पदबाट उनको राजीनामा मागेका छन् ।

स्थायी कमिटीका अधिकांशा सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेका छन् भने प्रधानमन्त्रीले सबै निर्णयक सङर्श गर्ने रणनीति बनाएका छन् ।बुधबार नै सचिवालय मार्फत ठोस प्रस्ताव बनाएर निर्णय लिने बहुमत सदस्याहरुको तयारी छ।तर ओली पनि विकल्पको खोजीमा छन् ।उनले स्थायी कमिटीको अघि र पछि रास्ट्रपतिलाई भटेका छन् ।त्यस्तै बुधबार बिहान ७ बजे मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।

बैठकको सुरुमै दलका अर्को अध्यक्ष पुष्पकमल दाहालले भारतले नभएर आफुले प्रधानमन्त्रीको राजीनामा मागेको बताए ।”राजीनामा मैले मागेको हो भारतले होइन” । अब पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनोस।ओली आफुले काम गर्न नसक्ने, जनताको माझमा पार्टी र सरकार दुबैको अलोकप्रीयता खस्काउने,जनस्तरबाट उठेको आवाज सम्बोधन गर्न नसकेपछि भारतले हटाउन लाग्यो भनेर अभिव्यक्ति दिनु शोभनीय नभएको बताएका थिए ।

वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले भन्नू भयो,” कहि पार्टीको छ भन्ने स्थिति छैन ,कमिटी संगठित छैन ,परिचालित छैन ,कमिटी भए पनि बैठक बस्दैन,सरकार झन् झन अलोकप्रीय बन्दै गरेको छ,पार्टी नामको संस्था छैन , अस्त व्यस्त छ र नियुक्तिहरुमा कुनै मापदण्ड छैन, मनपरी छ त्यसकारण अब तपाईंबाट चल्न सक्दैन दुबै पदबाट राजीनामा दिनोस।

ओलीको प्रतिप्रश्न :तपाईंहरुले जीन्दगीभर शासन गर्ने,मलाई त्याग गर्नोस भन्ने???नेपाल र खनालको प्रशनमा पनि ओलीले जवाफ दिएका थिए ,तपाईहरुको त्यागको कुरा कसरी गर्नुहुन्छ ? प्रचण्डले ३४ बर्श देखि एक छ्त्र पार्टीमा शासन गर्ने, माधव नेपालले १६ बर्श पार्टी महासचिव हुने,झलनाथ खनाल दुई पटक गरेर १३ बर्श पार्टी चलाएको हामीले हेरेकै हो। तपाईंहरुले त्याग भनेर अरुलाइ नैतिकता सिकाउन मिल्दैन होला।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला