Spread the love
  • 44
  •  
  •  
  •  
  •  
  •  
    44
    Shares

काठमाडौ /////लकडाउन खुकुलो भए लगायत काठमाडौमा दैनिक संक्रमित बढ्न थालेपछि चिकित्सकहरुले दुर्घटना निम्तिन सक्ने चेतावनी दिएका छन् ।काठमाडौमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट शुक्रबार एक वृद्धको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालय का प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार १७ असार राती अस्पताल भर्ना भएका नयाँ बानेश्वरका ८५ वर्षीय वृद्धको शुक्रबार मृत्यु भएको हो। काठमाडौमा कोरोना संक्रमितबाट मृत्यु भएको यो पहिलो हो। पार्किन्सन्स रोगबाट पीडित उनी मन्दीखाटारस्थित हयाम्स अस्पतालमा उपचाररत थिए ।

चिकित्सकहरुका अनुसार ९८ प्रतिशत संक्रमितमा कोरोना हुने लक्षण देखिएको छैन भने दुई प्रतिशतमा मात्रै लक्षण देखीएको छ।यस्तो अवस्थामा रोगग्रास्त क्षेत्रबाट आएकाहरुको जाँच कसरी भयो,उनीहरु घरमा बसेकी बसेनन भनेर कस्ले हेरेको छ? डा. बास्तोलाले भने। उनका अनुसार लक्षण नदेखिएका,तर संक्रमित ब्यक्ती घर जान्छु भनेर झगडा गर्न थालेका छन् । त्यस्तै ,लक्षण छैन भनेर प्रभावित स्थानबाट आएका ब्यक्तिहरु पनि निर्वाध रुपमा बाहिर हिडिरहेका छन् ।डा.बास्तोलेका अनुसार काठमाडौ उपत्यकामा भौतिक दुरी कायम भएको देखिएको छैन । अहिलेको अवस्थाले मुलुक ठूलो जोखिममा पर्ने देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार देशभर ७०० सय ४० नयाँ संक्रमित थपिएको छन् ।यो संगै संक्रमितको संख्या १५ हजार दुई सय ५९ पुगेको छ।त्यस्तै,आठ सय २३ जना निको भएको छन् ।शुक्रबार भने नमूना परिक्षण नगरिदा संक्रकितको संख्या थपिएको छैन ।तीन दिनमा भने लगातार संक्रमितको संख्या थपिएको थियो ।स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार १४,बुधबार र बिहिवार ३१ जना संक्रमित थपिएको थिए ।जसमा मंगलबार काठमाडौमा १२, भक्तपुर र ललितपुरमा एक- एक, बुधबार काठमाडौमा १०, भक्तपुरमा दुई र ललितपुरमा पाच तथा बिहिवार काठमाडौ २८, भक्तपुरमा दुई र ललितपुरमा एक संक्रमित थपिएका थिए ।