Spread the love
  • 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

कोरोना कहरमा सार्वजनिक यातायात १० खर्ब लगानीको भविष्य अन्योलमा ११ लाख यातायात मजदुर बिचल्लीमा । covid- 19 का कारण सरकारले चैत ११ देखि मुलुकमा लकडाउन गरेपछि यसले सबैजसो क्षेत्रमा प्रभाव पारेको छ ।सरकारले लकडाउन घोषणा सँगै अत्यावश्यक सेवाबाहेक उधोग धन्दा, निर्माण क्षेत्र ,विद्यालय तथा अन्य व्यवसायमा असर परेको छ । कोरोनाको समयअवधि सबैभन्दा धेरै प्रभावित क्षेत्र मध्ये एक हो -१० खर्ब लगानी भएको यात्रु बाहक सार्वजनिक यातायात ।


बैङ्कबाट कर्जा लिएर सञ्चालनमा सार्वजनिक यातायात साधन ठप्प हुँदा एक तर्फ १० खर्ब भन्दा धेरै लगानी जोखिममा परेको छ,अर्को तर्फ सार्वजनिक यातायात सँग जोडिएको ११ लाख भन्दा धेरै मजदुरको विचल्ली भएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ का महासचिव सरोज सिटैला लकडाउनका कारण निजी क्षेत्रले सार्वजनिक यातायातमा १० खर्ब रूपियाँ जोखिममा परेको छ भने १० खर्ब लगानी मध्ये ७० प्रतिशत बैंक तथा बित्तिय संस्था बाट ऋण लिएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएको दाबी गर्छन् ।


हाल मुलुकभर चार लाख भन्दा बढी सार्वजनिक यातायात साधन मध्ये ३ लाख यात्रुबाहक र १ लाख मालबाहक छन् ।सार्वजनिक यातायात सञ्चालन गर्ने सवारी धनीले मासिक १० हजार देखि १ लाख ५० हजार सम्म बैंकको किस्ता तिर्दै आइरहेका थिए ।यसरी लकडाउन हुदा मूलूकको रक्तसञ्चारको काम गर्ने सार्वजनिक यातायात ठप्प हुदा अर्थतन्त्रमा गम्भीर प्रक्रितिको समस्या देखिन थालेको छ।

यातायात सञ्चालन गरेको एक बर्ष पछि बैंकको किस्ता तिर्नुपर्ने माग छ । लकडाउनले गर्दा किस्ता बुझाउन सकेको छैन ।व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याजदर घटाउन समेत दवाव र माग गरेका छन् ।