Spread the love
  • 8
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

पेरिस= फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिप प्रधानमन्त्री पद त्यागेर नगरप्रमुख बनेको छन् ।

प्रधानमन्त्रीका रूपमा निकै व्यस्त भएका कारण उनी आफ्नो स्थानीय निर्वाचन आब्र क्षेत्रमा एक चोटि पनि चुनावी प्रचारप्रसारका लागि उपस्तिथि नभए पनि नगरपालिका प्रमुखमा त्यहाँका मत दाताले भने जिताइदिएका छन् । फिलिपले आफना कार्यकर्ताको सहयोग र खटाइका कारण चुनाव उपस्थित नै नभइ विजय भएको भन्दै उनीहरूलाई धन्यवाद दिएका थिए भने उनी निकै भावुक बनेका स्थानीय सञ्चारमाध्यमले जनाएका थियो ।एडुवार्ड फिलिप प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर नगरप्रमुक मै बस्ने निर्णय गरेको समेत बताए ।

प्रधानमन्त्रीको पदबाट शुक्रबार राजीनामा दिएका थिए ।शनिबार उनको राजीनामा स्वीकृत भएसङै उनी औपचारिक रूपमा आब्र क्षेत्रको नगरप्रमुख भएका ।फिलिपले सन् २०१७ को मे १५ मा प्रधानमन्त्री नियुक्त गरेका थिए।फिलिपको राजीनामा पछि राष्ट्रपति म्याक्रोले ज क्यास्टेक्सलाइ प्रधानमन्त्री नियुक्ति गरेका थिए।