Spread the love
  • 59
  •  
  •  
  •  
  •  
  •  
    59
    Shares

असार १ गतेदेखि लकडाउन खुकुलो भएसँगै कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले सुरक्षा कार्यान्वयनमा कडाई गरेको छ । घरबाहिर निस्कदा सामाजिक दुरी कायम गर्दै मास्क नलाउनेलाई पक्राउ गरी कारबाही गर्न गृह मन्त्रालयले मातहतका निकायलाई कडा निर्देशन दिएको छ ।


कोरोना संक्रमण बढ्दा समेत मापदण्ड पालना नभएपछि गृह मन्त्रालयले ७७ जिल्लाकै प्रशासन कार्यालय र प्रहरीलाई पत्राचार गरी कडाई गर्न निर्देशन दिएको छ । नियम नमान्नेलाई पक्राउ गरेर संक्रमक रोग ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको गृहका उपसचिव उमाकान्त अधिकारीले बताए ।


निश्चित सर्तका आधारमा लकडाउन खुकुलो गरिएतापनि सामाजिक दुरी कायम, स्वास्थ्य मापदण्ड कार्यान्वयनको नियम धेरैले उल्लंघन गरेकोले यस्तो निर्देशन दिएको हो ।कोरोना संक्रमण भयावह रुपमा फैलिन जोखिम बढेपछि गृह प्रशासन कठोर बन्नु परेका अधिकारीले बताए ।