Spread the love
  • 9
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

चलचित्र निर्माता संघको प्रदर्शन तथा वितरण तयारीमा रहेका फिल्महरू लकडाउनका कारण क्षति भएकोले फिल्मका निर्मात राहत माग्दै सरकारको ढोका ढक्ढक्याउन पुगेका छन् ।
चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालले ६३ जना चलचित्र निर्माताको नाम टिपेर दाहालले यसको छिनोफानो गर्न नरेन्द्र महर्जनको संयोजकत्वमा समिति बनाएको र त्यसको सुझावका आधारमा राहात वितरण गरिने बताए ।
६४ वटा फिल्म एक अर्ब पचास करोड सम्मको लगानी अन्योलमा वा फसिरहेको बताए । आजको दिन सम्म हामीले सरकारसंग सुको पनि मागेको थिएनौं । यो संकटको समयमा हात फैलाएका छौ । धरै थोरै जे हुन्छ ,सरकारले गर्यो भने अभिभावकत्व लिएको महसुस हुनेछ । यसले निर्माताको घाटा त उत्ति धेरै कम नगराउला तर मनोबल भने बढाउँछ । यदि निर्मातालाई यो फिल्म क्षेत्रमा टिकाइ रहने हो भने सरकारले केही न केही सम्बोधन गर्नुपर्ने हुन्छ ।
लकडाउन अनिश्चित बनिरहँदा यो साल रिलिज हुने फिल्म निक्कै कम हुने अनुमान चलिरहेको बेला बाहिरिएको सुचीले भने लकडाउन खुलेमा सुटिङ जान तयार फिल्मको कमी नहुने संकेत गरेको छ । प्रदर्शन हुन बाकी रहेका र छायांकनमा जान तयार फिल्मको सुची हेर्दा साल पनि ६० को हारहारीमा फिल्म प्रदर्शन हुने अनुमान गर्न सकिन्छ। अघिल्लो साल ५५ वटा फिल्म प्रदर्शन भएका थिए ।