×

TUNGOON

चार दिन सम्म अविरल बर्षा हुने


गृह मन्त्रालयले बिहिबारदेखि चार दिन भारी वर्षा हुने प्रक्षेपण गर्दै क्षतिबाट जोगिन चनाखो रहन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सुचना जारी गर्दै २५ देखि २८ असारसम्म यस वर्ष सबैभन्दा धेरै अनि ठूलो बर्षा हुने अनुमान गरेको छ ।


सम्भावित विपत्तिपछिको उद्धारका लागि ‘अलर्ट’ रहन प्राधिकरणले नेपाल प्रहरी ,सेना ,सशस्त्र प्रहरी , रेडक्रस सोसाइटीलगायतका निकायलाई पनि आग्रह गरेको छ । प्रदेश १,प्रदेश २,बागमती र गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा हुन सक्ने भएकाले यस क्षेत्रका नदी र खोलाहरुमा पानीको सतह बड्न सक्ने प्राधिकरणको अनुमान छ । बर्षा कै कारण पहाडमा पहिरो तथा तराई क्षेत्रमा बाढी र डुबानको खतरा रहेको प्राधिकरणले जनाएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला