×

TUNGOON

भारतीय च्यानल बन्द,विदेशी च्यानल हेर्दा वर्षमा करिब १ अर्ब बाहिरिन्छ,नेपालको बिज्ञापन बजारमा ५ अर्ब घाटा


स्वदेश र विदेशी च्यानल प्रसारणको अनुमति पाएका मल्टी सिस्टम अपरेटरहरूले भारतीय एक न्युज च्यानल प्रसारण रोकेका छन् । भारतीय एक न्युज च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँगको सम्बन्धलाई जोडेर तथ्य रहित रिपोर्ट प्रसारण गरेको भन्दै नेपालमा भारतीय न्युज च्यानललाई रोक लगाइएको हो ।

बिदेशी च्यानलहरुलाई वार्षिक करिब एक अर्ब रुपियाँ तिर्नु पर्ने र नेपाली बजारमा उपलब्ध बहुराष्ट्रिय कम्पनी का ५० प्रतिशत उत्पादनको विज्ञ।पन भारतीय च्यानलमा आउँछ।तीमध्ये अधिकाङ्श्ले नेपालमा बिज्ञापन गर्दैन भारतीय च्यानल कै भर परेको हुन्छ यसरी भर पार्दा नेपालमा बिज्ञापन बजारमा ५ अर्ब बढीको घाटा हुन्छ।


वितरकहरूले सल्लाह गरेर स्वस्फुर्त रूपमा भारतीय न्युज च्यानल बन्द गरेको मल्टी सिस्टम अपरेटर (एमएसओ)लाइसेन्स पाएको म्याक्स टीभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिए । नेपाल र नेपालका प्रधानमन्त्रीबारे तथ्यरहित सामाग्री प्रसारण गरेको भएर स्वस्फुर्त रूपमा बन्द गरिएको हो ।उनले भने,यससँगै नेपालमा प्रसारण भइरहेका दुई दर्जनभन्दा बढी भारतीय न्युज च्यानल बन्द भएका छन् ।


भारतीय न्युज च्यानलले प्रसारण गर्ने कतिपय सामग्री अपाच्य भएको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए ।’ ग्राहकले हामीलाई फोन गरेर भारतीय न्युज च्यानल किन बन्द नगरेको भनेर गुनासो गरे ‘,उनले भने , ‘नेपाल सम्बन्धी विषयमा अफवाह फैलाइएको सामग्री हेरेर उपभोक्ता पनि दिक्क भइसकेका थिए ।’


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला