×

TUNGOON

गर्मी मौसमको फलको राजा आँप खादा क्यान्सर सम्मको रोग निर्मुल हुने


अहिले बढ्दो गर्मी संगै आजकल चारैतिर फलको राजा आँप कै बाहुल्य छ।आयुर्वेदमा यसलाई औषधितुल्य भनिएको छ। यसमा प्रोटिन,भिटामिन ,कार्बोहाइड्रेड,क्याल्सियम ,फलाम अनि सर्करा प्रशस्त मात्रामा पाइन्छ ।

शास्त्रहरुमा अमृत फलका रुपमा वर्णन गरिने काचो वा पाकेको आँप दुबैमा औषधीय गुण हुन्छ।आँपको चिकित्सकीय रुपमा फल र रुखको वर्णन चरक संहिता,सुशुत संहिता लगायत विभिन्न ग्रन्थ संगै चन्द्र निघन्टुमा समेत छ।

यसमा मधुर रस हुने भएकोले शरीरको हरेक कोषिका निर्माण गर्न असाध्य राम्रो मानिने औंल्याउदै डा.ऋषिराम कोइराला भन्छन् ,हाल विषादीले बिगार्यो, बिषादी उपयोग नगरिएको,कार्बाडाइड लगायतको रसायन उपयोग नगरी प्राकृतिक रूपमा पाकेको आँप शरीरका लागि अत्यन्त राम्रो मानिन्छ ।

आयुर्वेदका अनुसार पाकेको आँप कफवर्दक हुन्छ ।यसको सेवानले जिउ बलियो हुन्छ।यो रुचिकर हुनुको साथै शाक्तिसमेत दिन्छ।पाकेको आँप प्राकृतिक रूपमा भिटामिन ‘ए’ र ‘डि’ को उच्च स्रोत हो। यसमा पोटेसियम समेत हुन्छ।आँप एन्टिअक्सिडेन्ट,भिटामिन सी फिनोल,क्यान्सर विरोधी तत्वहरु,आपमा भएको म्यागोफेरिलले कलेजोलाइ स्वस्थ बनाउनुको साथै पित्तलाइ निकाल्ने काम गर्छ।काचो आँप पित्तवर्द्द्क हुनुको साथौ स्वादिलो ,रुचिकर ,भोक लगाउने, लु लाग्नबाट जोगाउने लगायत गुणले परिपुर्ण हुन्छ।

बच्चा देखि वृद्ध सम्म आँपलाई सेवनका लागि फलदायी मानिने पहिले शरीरलाई बढाउन ,बृदी गर्न ,बात पित्त लाई नाश गर्छ, दुधसङ्ग मिसाउर खाएको आँपले रुचि बढाउछ,तौल बढाउछ, वीर्य वर्दक हुनुको साथै छालालाई समेत राम्रो बनाउछ,” डा. कोपिला अधिकारी भन्छिन।चुसेर खाने आपले खानामा रुचि बढाउछ, बल बढी दिन्छ, धातु बढाउछ।

आँपको वैज्ञानिक नाम ‘मैगीफेरा इडिका’ हो।विश्वमा १५०० सय भन्दा बढी किसिमका आँप पाइन्छन् ।विभिन्न तथ्यपत्रहरु अनुसार आँप करिब ५ हजार वर्ष अघि भारती य उपमहादीपमा उमारिएको थियो।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला