×

TUNGOON

महिला ५० वर्षको उमेर पछि छिटो बुढ्यौलीपन


अनुसन्धान अनुसार ,५० वर्षसम्म महिला र पुरुषको छालामा उमेरको प्रभाव उस्तै रहन्छ ।तर यसपछी भने महिलामा तीब्र गतिले उमेरको असर देखिन थाल्छ।जबकी पुरुषको यो परिवर्तन बिस्तारै हुन्छ।

पुरुषको दाँजोमा महिलाको अनुहारमा बुढ्यौली छिटो किन देखिन्छ भन्ने कुरा जान्न यो अनुसन्धान भियना युनिभर्सिटीमा गरिएको हो।अनुहारमा आउने उमेरको प्रभावबारे अनुसन्धानकर्ताहरुले २६ देखि ९० वर्षका ८८ महिला पुरुषलाई अनुसन्धानमा सामेल गरेका थिए। कम्युटरको सहयोगले उनीहरुको अनुहार को ६०० सय भिन्दाभिन्दै खण्डको विश्लेषण गरियो। ५० वर्ष नाघेपछि महिलाको महिनावारी सुक्छ।यो समय शरीरमा यौन हार्मोन इस्टोजेन कम हुने कारण अनुहार च्याउरीपन आउन थाल्छ । उमेरको असर तीब्र गतिले देखिन थाल्छ।अनुहारमा बोसो घट्छ।उसो त हरेक महिला महिनावारी सुक्ने उमेरमा फरक पनि पर्न सक्छ।

अनुसन्धान अनुसार महिलाहरूमा उमेरको प्रभाव ५० वर्षमा तीब्र गतिले हुन थाल्छ तर ६० वर्षको आयुको पछि उमेरको प्रभाव पुन:कम गतिमा देखिन्छ।बिस्तारै चिउडोको छेउछाउको छाला खुम्चिन सुरु हुन्छ।उमेरको प्रभाव प्रोटिन कोलोजनमा असर पार्छ जसले छाला लाई लचिलो बनाइदिन्छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला