×

TUNGOON

औषधि टुक्राएर खानु हुँदैन


चिकित्साले औषधी लेख्दा हामीले त्यही मात्राको चक्की नपाएपछि सामान्यतया टुक्रा पारेर खाने गरेका छौ । जस्तै सिटामोल पाँच सय मिलिग्रामको पाइन्छ भने बच्चालाई दिदा पारेर ख्वाउने चलन प्रायः सबैको छ ।
तर यसरी औषधीलाई टुक्र्याएर खानुको सट्टा त्यही मात्राको औषधी सेवन नै उपयुक्त हुने देखिएको छ ।

औषधिलाई २ वा २ भन्दा बढी भागमा टुक्र्याएर खानु धेरै घातक हुन सक्ने बताएका छन् । यसले औषधीको गलत मात्रा शरीरमा पुग्न सक्छ ।
अनुसन्धानकर्ताहरुले चक्कीलाइ बराबर भागमा तोड्न बिशेष प्रकारको चक्कु ,औजार र कैचीको समेत उपयोग गरे पनि बराबर मात्रा पाउन सकेनन् ।अनुसन्धानअन्तर्गत जतिसुकै प्रयास गरिए पनि चक्कीलाइ बराबर दुई भागमा तोड्न धेरै जटिल देखियो ।

अध्ययनको निष्कर्षमा के देखियो भने ,औषधीको चक्कीलाइ तोडा सामान्यतया यो गैर बराबर भागमा टुक्रिन्छ ।अनुसन्धानकर्ताहरूले पाए की तोडेर लिइने ३१ प्रतिशत चक्कीमा औषधीको मात्रा गलत हुन्छ । यति मात्रा नभइ यसले औषधीको १५ देखि २५ प्रतिशत बढी शरिरमा पुग्ने आशंका रहन्छ ।अध्ययनले औषधी कम्पनीलाइ विभिन्न मात्राको चक्की उत्पादन गर्न आग्रह समेत गरेको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला