महिना ५ विहि,शुक्र ,शनि र आइतबार तथा सुर्य संक्रान्तिले विहिवार परेको छ।श्रावणकृष्ण, श्रावणाशुक्ला र भाद्रपक्षकृष्ण साउन महिनामा पर्दछ।गरुवासरीय संक्रान्ति वायु वतासको प्रकोप निम्तेला । ५ विहि अशुभादिको सम्भावना ,५ शुक्रले जनसंख्या वृद्धि उच्च गर्ला,५ शनिले महगी बढाउला र ५ आइतले रोगब्याध निम्त्याउला।
पराक्रमी स्वभावको कारण जस्तैपनि कठिनलाई सरल देखिएलान।शैक्षिक जगतमा सुधारका अवस्थाहरु आउलान।कृषिजन्यकार्य र पशुपन्क्षिपालनको ब्यवसाय उच्चतम विन्दुमा पुग्ला । जग्गाजमिन सम्बन्धि कारोबारले प्रतिष्ठा बनाउला।व्यापारीक गतिविधिले असोचिनिय सफलता दिलाउला।नेताहरु केही हदसम्म सुधिएको प्रत्याभुती गर्न थाल्लान राजनीतिले जनहितमा अग्रसरता देखाउला। प्रशासनिक कार्यको सर्वत्र प्रश्नसा हुना थाल्छ।वैदेशिक रोजगारीले आटेको काममा सुख शान्तिको वातावरण ल्याउला। ब्ययभार नियन्त्रण भन्दा बाहिर नजाला।