×

TUNGOON

नेटवर्किङ ब्यवसायलाई धमाधम इजाजत दिदै


वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग बाट असार १६ गतेदेखि नेटवर्किङ व्यवसायलाई सरकारले वैधता दिएको छ ।


विगतमा ठगी धन्दाका रूपमा लिएको नेटवर्किङ व्यवसायीलाई नेपालमा वैधानिक रूपमा सञ्चालन आउने भएको छ । कोभिड- १९ का कारण देशमा लाखौं बेरोजगारी भएको बेला अब यस नेटवर्किङ व्यवसाय मार्फत लाखौंलाई रोजगारी उपलब्ध हुने नेटवर्किङ व्यवसायीहरु वताउछन् ।


वाणिज्य,आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रत्यक्ष विक्रिका नाममा ,हेल्दी लिभिङ प्रा लि(भेस्टिज), न्यु विवेक इन्टरप्रइजेज प्रा लि(डिएक्सान),नेचर हर्बल (हर्बो),आइबोस ग्लोबल इन्टरनेशनल,ग्लोबल ओरियन्स नेपाल प्रा :लि नेटवर्किङ व्यवसाय गर्ने कम्पनीलाई इजाजत दिएको छ ।


वस्तु तथा सेवा प्रत्यक्ष बिक्री ऐन ०७४ र नियमावली ०७६ को आडमा यस्ता व्यवसायलाई अनुमति दिन थालिएको हो । ऐनमा भने नेटवर्किङ र पिरामिड शैलीमा व्यापार व्यवसाय गर्न बन्देज लगाएको उल्लेख छ ।
‘ ऐनमा बन्देज गरिए पनि कम्पनीहरूले नेटवर्किङ व्यवसायी गरेको पाइएको छ । स्रोतका अनुसार पुर्वाधार हेरेर मात्रै इजाजत दिनुपर्नेमा धमाधम अनुमति दिइएको छ । विगतमा बन्देज गरिएको व्यवसायीलाई उधोग ,वाणिज्य तथा आपूर्ति मन्त्रालय र विभाग बाटै जोगाउने खेल देखिन्छ,’विभागका एक अधिकारीले भने ।


नेटवर्किङ व्यवसायीमा पुर्व डीआईजी छवि जोशी,पुर्व महान्यायाधिवक्ता एवं गण्डकी प्रदेशका पुर्व प्रमुख बाबुराम कुबेर,गैर आवासीय नेपाली संघ मलेसियाका हेमराज सापकोटा र राप्रपाका केन्द्रीय सदस्य भीमसेन गुरुङहरूको स्वामित्व अनि सञ्चालकको रूपमा रहेर यस व्यवसायीलाई सञ्चालन गर्ने तयारी अवस्थामा रहेको छ ।वस्तु तथा सेवा प्रत्यक्ष बिक्री बाट सन् २००१ मा अमेरिकामा ४१ खर्ब भन्दा बढी कारोबार भएको थियो । त्यो बेला अमेरिकी अर्थतन्त्रमा सहयाकको भुमिका खेलेका थिए । अब नेपालमा पनि प्रत्यक्ष वस्तु बिक्रीबाट देशको अर्थतन्त्रमा टेवा पुर्याउनुको साथै स्वदेशी वस्तुहरु पनि आत्मनिर्भर हुने हेल्दी लिभिङ नेपाल प्रा :लि का लिर्डर दीपक मंकराती बताउनु हुन्छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला