×

TUNGOON

सुन तोलाको लाख/चार बर्षमा डबल भयो



नेपाली बजारमा सोमबार सुनको भाउ प्रति तोला ९७ हजार ५ सय रूपियाँ पुगेको छ । यो कल्पना गरेभन्दा निकै बढी हो । निरन्तर बढिरहेकाले सुन तोलाको लाख पुग्ने अनुमान गर्न थालिएको छ ।


कोभिड १९ को समस्या सुरू हुनु भन्दा अघि गत पुस १२ मा सुनको भाऊ प्रति तोला ७३ हजार ३ सय रूपियाँ थियो । सुनलाई विश्वमै सबैभन्दा सुरक्षित लगानीको उपकरण मानिन्छ । मनी मेटल एक्सचेन्जका अनुसार सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औसा १ हजार नै सय ४२.२ डलर पुगेको छ । सुनको मुल्य बढ्नुमा प्रमुख कारण कोभिडले विश्व अर्थतन्त्रमा पारेको समस्या नै हो ।

अर्थशास्त्र विश्व पौडेलका अनुसार सुनमा गरिएको लगानी सुरक्षित देखेर आकर्षित हुदा भाउ बढेको हो । कोभिडका कारण लगानीकर्ताले अन्य क्षेत्र सुरक्षित ठानेनन् । पौडेलले भने ,सेयर बजार पनि त्रयास हुन सक्ने भएकाले सुनमा लगानी पौडेलका अनुसार विकसित मुलुकमा सेयर कारोबार,घरजग्गा र सुनमा लगानी धेरै हुन्छ ।


नेपाली बजारमा एक वर्षको अवधिमा सुनको भाउ तोलामा ३२ हजार पाँच सय रूपियाँ बढेको छ । २०७४ साउन १२ मा ५४,५०० ,२०७५ साउन १२ मा ५६,५०० ,२०७६ साउन १२ मा ६५,००० र २०७७ साउन १२ मा ९७५०० पुगेको छ । यसरी हेर्दा हेर्दै झन्डै चार वर्षमा ९५% सुनको बाउ बढेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला