×

TUNGOON

हरियो मकैको अभुत फाइदाहरु


यो मकैको सिजन हो। कसैले भुटेर खान रुचाउँछन् त कसैले उसिनेर। जसरी खाए पनि मकै स्वास्थ्यका लागि लाभदायक हुन्छ।

#पाचन प्रक्रियामा समस्या भोगिरहेकाहरुका लागि मकै लाभदायक हुन्छ।यसमा पाइने फाइबरले पाचन प्रक्रियामा फाइदा पुर्याउछ।

#मकै आँखाका लागि पनि फाइदाजनक छ।यसमा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ ,जो आँखाका लागि धेरै राम्रो हो।

# मकैमा पाइने एन्टी अक्सिडेन्टले छालास्वस्थ बनाउछ । छालालाई चाउरिन दिदैन।

#शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मकै उपयोगी छ।

#क्याल्सियमले हडडीलाई बलियो बनाउछ। मकै क्याल्सियम पाइने खाद्य पदार्थ हो।हडडी बलियो बनाउन मकै खानु लाभकारी हुनेछ।

#मकैमा प्रशस्त मात्रामा कार्बोहाइड्रेट पनि पाइने भएकोले शरीरलाई शाक्ती प्रधान गर्दछ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला