×

TUNGOON

ललितपुरमा विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश


प्रकाश थिङ ललितपुर

ललितपुर क्षेत्र नम्बर १ का विभिन्न पार्टी बाट नेपाली
कांग्रेस पार्टीमा प्रवेश गर्ने पूर्व एमाले र राप्रपा पार्टीका नेता तथा कार्यकर्ताहरु लाई पुर्ब सूचना तथा संचार मन्त्री,तथा खेलकुद बिभाग प्रमुख मोहन बहादुर बस्नेतले नेपाली कांग्रेस केन्द्रिय कार्यालय सनेपामा एक कार्यक्रम मार्फत टीका र खादा लगाएर प्रवेश गराएका हुन
नेपाली कांग्रेस ललितपुर जिल्लाको आयोजनामा उक्त प्रवेश कार्यक्रममा ललितपुर जिल्ला का विभिन्न तहका नेताहरुको उपस्थितिमा उक्त प्रबेश कार्यक्रम भएको थियो । नेपाल कम्युनिष्ट पार्टीसँग आजित भएर ललितपुर क्षेत्र नम्बर १ मा प्रबेश गर्नेहरुको लहर नै लागेको देखिन्छ ।

कांग्रेसमा प्रवेश गर्नेमा तेजकुमार लामा राप्रपा खेलकुद बिभागका उपबरिस्ठ उपाध्यक्ष समेत हुन् । अन्य प्रबेश गर्नेहरु देबचन्द्र लामा, झडेन्द्र कुमार लामा, मिलन लामा, भिजेश लामा, नेकपाबाट रामकृष्ण घिमिरे, मनिस घिसिङ, सागर घिसिङ, सुमन घिसिङ, शुक्रराज भोम्जन, प्रदिप घिसिङ, शुष्मा भोम्जन लामा, केशर स्याङतान, सुमन घिसिङ रहेका छन् ।
त्यस्तै, पुर्ब एमालेबाट सुरेश देशार, सुजित श्रेष्ठ, रिकेश महर्जन, रोहित महर्जन, राज देशार, राकेश देशार, नदिप देशार, नदिम देशार, राजेश श्रेष्ठ अनिल देसार, अनिल महर्जन, सुरज तामाङ, बिबेक देशार, निरोज कुमाल लगायत गरि ७२ जनाले नेपाली काङ्ग्रेस मा प्रवेश गरेका छन्


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला