×

TUNGOON

पुराना भन्दा नयाँ कम्पनीहरुको बीमा ब्यवसायमा वृद्धि



गत आवमा पुराना कम्पनी भन्दा नयाँले व्यवसाय वृद्धि गरेको देखिएको छ । बिमा समितिको तथ्याङ्क अनुसार नयाँ कम्पनीहरू महा लक्ष्मी लाइफ ,प्रभु लाइफ ,सानिमा लाइफ ,रिलायन्स लाइफ ,ज्योति लाइफ ,सिटिजन्स लाइफ इन्स्योरेन्सको संकलन दर उच्च छ । पुरान कम्पनीमा राष्ट्रिय बिमा संस्थान र नेपाल लाइफले व्यवसायमा वृद्धि गरेका छन् ।

तथ्याङ्क अनुसार अघिल्लो आवको तुलनामा गत आवमा राष्ट्रिय बिमा संस्थान गत आवमा राष्ट्रिय बिमा संस्थानले सबैभन्दा धेरै २१ गुणा बढि बिमा शुल्क संकलन गरेको छ । कम्पनीले गत आवको अन्त्यसम्ममा ७ अर्ब ५ करोड रूपियाँ बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने जम्मा ३३ करोड रूपियाँ बिमा शुल्क आर्जन गरेको थियो ।

नेपाल लाइफ इन्स्योरेन्सले भने २२ प्रतिशत बढी बिमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आवमा २८ अर्ब ३९ करोड रूपियाँ बिमा शुल्क आर्जन गरेको थियो भने अघिल्लो आवमा २३ अर्ब १४ करोड संकलन गरेको थियो ।

नयाँ जीवन बिमा कम्पनी मध्ये महा लक्ष्मी लाइफ इन्स्योरेन्सले ३ गुणा भन्दा बढी बिमा शुल्क संकलन गरेको छ ।कम्पनीले गत आवमा ८७ करोड बिमा शुल्क संकलन गरेको थियो भने अघिल्लो आवमा २४ करोड रूपियाँ आर्जन गरेको थियो । त्यसतै ,प्रभु लाइफको बिमा शुल्क आर्जन २ गुणाले बढेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला