Spread the love
  • 545
  •  
  •  
  •  
  •  
  •  
    545
    Shares

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ग्वार्को उप- शाखाबाट कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा शाखाको आफ्नो लक्ष्य पूरा गरेको अवसरमा इन्स्योरेन्स कम्पनीमा अभिकर्ताको महत्त्वपूर्ण भुमिका रहने हुँदा अभिकर्तालाई कम्पनीमा आवद्ध रहिरहन र थप सक्रिय बनाउनका लागि कम्पनीले ३० जना एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेको छ।

साथै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ग्वार्को उप- शाखाबाट आर्थिक बर्ष २०७६/७७ भित्र सबैभन्दा धेरै आफ्नो कोट्मा ब्यावसाय गर्ने लक्ष्मी तामाङ ,उत्कृष्ट टीम व्यापार गर्ने सन्जीब सि तामाङ ,सबै भन्दा राम्रो ब्यापार गर्ने निर्मला पुरकुटीलाई सिनियर एजेन्सीका रुपमा सम्मान गरेको हो।

ग्वार्को उप-शाखाबाट आफनो लक्ष्य पूरा भएको उपल्क्षमा शाखा प्रमुख प्रमोद पोखरेल र रिजन ३ का प्रमुख रामेश्वर श्रेष्ठ ज्युले सयुक्त रुपमा केक काटेर खुशीयाली मनाएका छन् ।यसै गरि भावी आउने बर्षमा पनि यो भन्दा दोब्बर ब्यापार होस भनी र यो ग्वार्को उप- शाखा लाई १०० वटा शाखा मध्ये नमुना शाखाको रूपमा हेर्न चाहेको बताउनु भयो रिजन ३ काठमाडौका प्रमुख रामेश्वर श्रेष्ठले ।

कोभिड-१९ को बावजुत पनि एजेन्सी म्यानेजरहरुले आफ्नो ज्यानको बाजि राखेर निरन्तर बीमा ब्यापारलाई अगाडि बढाउदै आफनो र शाखाको लक्ष्यलाई पूरा गरेकोमा शाखा प्रमुख प्रमोद पोखरेलले धन्यवाद ज्ञापान गरेका थिए।