Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

१. महत्वाकाङ्क्षी हुनुहोस, सकेसम्म ठुलै सपना देख्नुहोस
केही गर्ने मार्गदर्शक सिद्धान्त तयार पार्नुहोस।सानै भए पनि काम गर्नुहोस। तर, सधै ठूलो सोच राख्नुहोस।सपना पनि सधै विशाल देख्नुहोस।आममानिसको जीवन सुधार्ने खालका काम गर्नुहोस् ।केही कुरा तपाईंको समयमा निर्माण गर्नुहोस् ।ताकी,त्यसले संसारलाई केही सकारात्मक परिवर्तन गर्न सहयोग पुर्याओस ।आउने पुस्ताले पनि प्रेरण लिऊन।
२. भावुक हुनुहोस
तपाई केहि गर्नका लागि जन्मनुभएको हो।एकैचोटी हवातै धेरै पैसा आउने कामतिर मात्रै ध्यान नदिनुहोस।तपाईंले गर्ने काम जस्तोसुकै सानो या ठूलो किन नहोस् ,त्यसमा तपाईं लगनशील र इमानदार हुन जरुरी छ।आफ्ना भावानालाई स्वतन्त्र छाड्नुहोस,सिर्जनशील बन्नुहोस ।

३. सीमा भत्काउनुहोस,बढ्नुहोस
तपाईं बसेको समाज तपाईंलाई राम्रो र विशेष लागिरहेको हुन सक्छ।तर,यदि तपाईंले चाहने हो भने बसेको समाज मात्र नभएर संसारै बद्ल्ने साहस राख्नुहोस।सीमा भए तोड्नु होस् ।
४. आफै प्रश्न गर्नोस्
मैले सबैभन्दा महत्त्वपूर्ण कुरा (काम) गरिरहेको छु।के म सधैभरी यसरी नै गरिहन सक्छु।हरेक दिन आफैले आफैलाइ प्रश्न गर्नुहोस् ।तपाईंले गरिहेको काम सबैभन्दा महत्त्वपूर्ण हुनुपर्छ भन्ने मान्यता राख्नुहोस।यो काम देश र समाजका लागि नगरी छ भन्ने सोच राख्नुहोस।
५. मिहिनेत र कडा परिश्रम गर्नुहोस्
तपाईंले देखेको सपना वास्तविकतामा परिणाम गर्न सम्भव भएस सबै इफोर्ट लगाउनुहोस।कुनै पनि काम सफल हुनका लागि मिहिनेत चाहिन्छ।त्यसैले कडा परिश्रम गर्नुहोस,अवस्थ सफल हुनुहुनेछ।आफ्नो लक्ष्य पूरा गर्न केही कुरा त्याग गर्न समेत तयार हुनुहोस् ।
६. आफैंलाई विश्वास गर्नुहोस्
तपाई आफ्नो क्षमतामा केही कमी छैन भन्ने महसुस गर्नुहोस् ।अरुलाई आफुप्रती नकारात्मक भावना आउन नदिनुहोस।आफू सही बाटोमा हिडेपछि कसैले पनि प्रवाह नगर्नुहोस् ।आलोचनालाई मनन गर्दै थप सुधारको माध्यम बनाउनुहोस।यस्ता कुरा डायरीमा दिनहुँ नोट गर्नोस् ।