×

TUNGOON

जुगल पहिरो पिडितको लागि नेपाल प्रवासी तामाङ समाज कतारले दिए नगद रु.१ लाख ५ हजार



सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. २, लिदी गाउँमा गएको पहिरो पीडितको लागि नेपाल प्रबासी तामाङ समाज कतार द्वारा गरिएको नगद रु.१ लाख ५ हजार आर्थिक सहयोग जुगल गाउँपालिकाकी उप प्रमुख सृजना दोङ तामाङले बुझी लिईएको छ । नगद हस्तान्तरणमा नेपाल प्रवासी तामाङ क़तारले १ लाख र सगु प्रोडक्शन बाट ५ हजार गरी जम्म १ लाख ५ हजार हस्तान्तरण गरिएको थियो ।

तामाङ समाज नेपाल, काठमाडौको समन्वयमा, तामाङ समाज नेपालको केही सदस्य, सगु प्रोडक्शनका प्रोपाईटर गणेश अधिकारी, अन्तराष्ट्रीय तामाङ परिषदका बरिष्ठ उपाध्यक्ष टासी लामा, सचिव रविन थिङ तामाङको उपस्थितिमा उक्त नगद रकम जुगल गाउंपालिकाकी उप-प्रमुख स्रिजना तामाङलाई हस्तान्तरण गरिएको थियो ।

साउन ३० गते जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये २३ जनाको शव भेटिएको छ। पहिरोमा परेर ३९ जना बेपत्ता भएका थिए ।शव फेला परिएकोमध्ये १३ जना पुरूष र १० जना महिला रहेका छन्। कूल २३ जनाको शवमध्ये १२ जना त बालबालिमा मात्रै रहेका छन् । पहिरोमा हराइरहेकाहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीहरू जुटेका छन् । पहिरोमा हराएकाहरूको खोजी भइरहेको आज पाँचौ दिन भैसकेको छ । सबैको खोजी सक्न अझै कति दिन लाग्ने भन्ने कुनै टुङ्गो छैन ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला