×

TUNGOON

रिलायन्स लाइफको आइपीओ कती जनाले पाउने ? कत्ती जनाले नपाउने ? यसरी हुँदैछ बाँडफाँड


काठमाडौं । सानिमा क्यापिटलले रिलायन्स लाइफको आइपीओ बाँडफाँडको मोडल आज सार्वजनिक गरेको छ । कुल आवेदक ५ लाख ५७ हजार ५ सय ९ जना कायम भएको छ । म्युचअल फण्ड र कर्मचारीलाई छुट्याएको बाहेकको शेयर ५६ लाख ७० हजार कित्ता सर्वसाधारणलाई वितरण गरिने सानिमा क्यापिटलले जनाएको छ ।

५ लाख ८७ हजार ५०९ शेयरको लागि आवेदन परेको मध्ये ५ लाख ६७ हजार जना आवेदकलाई गोलाप्रथाद्धारा शेयर वितरण गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २० हजार ५०९ जना आवेदकले शेयर पाउने छैनन् ।

सो आइपीओमा कम्पनीका २२४ जना कर्मचारीले आवेदन दिएका छन् भने १९ वटा म्युचल फण्डले आवेदन पेश गरेका छन् । रिलायन्स लाइफको आइपीओ आगामी साता बाँडफाँड हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला