×

TUNGOON

ललितपुरका २० पत्रकारलाई स्वास्थ्य साम्रगी वितरण


स्वास्थ्य साम्रगी वितरण
प्रकाश थिङ, ललितपुर ||
मर्सी मिशन मिडियाको समन्वयमा नेपाल ख्रीष्टिय राहत सेवाको सहयोगमा भदौ १२ गते शुक्रवार स्वास्थ्य सामाग्री तथा पि.पी.ई. वितरण गरिएको हो ।
सामाजिक अभियान्ता वि.पी. खनाल, संस्थाका कार्यकारी निर्देशक रोमी के.सी. नेपाल प्रेस यूनियन ललितपुर शाखाका उपाध्यक्ष केदानाथ दाहालको उपस्थितिमा वितरण गरेको हो । कोभिड्–१९ को महामारीमा पहिलो पंक्तिमा बसेर सूचना सम्प्रेषण गरी नागरिकलाई सुचना पुर्‍याउन भ्यालि भित्र खटिएका २० जना पत्रकारहरूलाई स्वास्थ्य सामाग्री तथा पि.पी.ई. जनता टि.भि.का पत्रकार कमला हमालले वितरण गरेको हो । यसैगरी संस्थाले यो विकराल अवस्थामा यो स्वास्थ्य साम्रगीले सूचना संकलनमा ठुलो मद्धत गर्ने बताउनुभयो । सहयोगी संस्थाका उपाध्यक्ष दिल बहादुर थापाले यो माहामारीको अवस्थामा अग्रभागमा रहि निरन्तर आम नागरिकलाई सूचना प्रवाह गरी सूचित गर्नुहुने कार्य गर्नुहुने पत्रकारलाई यो अवस्थामा उपहार स्वरुप प्रोत्साहन गर्ने उदेश्यले वितरण गरिएको बताउनुभयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला